भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. १ दुधपाटी नपुखु पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ । खबर प्राप्त हुनासाथ तत्काल प्रहरी प्रभाग दुधपाटीबाट प्रहरी टोली खटिई पोखरीमा डुबिरहेको मानिसलाई उद्धार गरेको प्रहरीले जनाएको छ । उद्धारपछि उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो । 
घटनास्थलमा परिसर भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको जनाइएको छ । निज मृतक भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ४ नासमाना बस्ने बर्ष ५३ को सुमन राजभण्डारी भएको अनुसन्धानकै क्रममा खुल्न आएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ । घटना मंगलबार साँंझ भएको थियो । 
...

All Comments.......


Please Login/Register To Comments