भक्तपुर, १ मंसिर । गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को १७ आंै स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम र खुला सदस्यता वितरण कार्यक्रम संस्थाका अध्यक्ष कृष्णराम कासिछ्वाज्यूको सभापतित्वमा च्याम्हसिंह, भक्तपुर ९ मा एक समारोहबीच शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा सल्लाहकार रामकृष्ण प्रजापतिले संस्था १७ औं बर्षमा प्रवेश गरेकोमा संस्थापक सदस्यहरुको महत्वपुर्ण योगदानले नौ दश करोडको कारोबार सहित तीस पैतिस लाख नाफा कमाई अगाडि बढाउनु हुने सम्पुर्ण संचालक समितिमा बसेर काम गर्नुहुने र सम्पूर्ण सदस्यहरुमा धन्यबाद दिदैं संस्थाको उत्तरोतर प्रगती तथा सदस्यहरुको सामाजिक र आर्थिक स्तर उकास्न सफलताको शुभकामना दिनु भयो । उहाँले संस्थाले सदस्यहरुको हित निक्षेप सुरक्षितका साथ असल ऋणमा सदुपयोगले सहकारी भविष्य उज्ज्वल रहेको बताउनु भयो । 
कार्यक्रममा सल्लाहकार काशीलाल प्रजापतिले सहकारीहरुले निक्षेप फिर्ता गर्न नसकेको र सहकारीहरु भागिरहेको अवस्थामा पनि यस संस्थाले सुव्यवस्थित तरिकाले संचालन गर्नु र विश्वास जित्न सफल हुनुभएकोमा गुरु गाणेश साकोसलाई धन्यबाद दिनुभएको थियो ।
संस्थाका कोषाध्यक्ष तुल्सी केशरी प्रजापतिले रक्तदान जीवनदान भएकोले कसैको ज्यान बचाउने जस्तो पुण्य काम अरु केही नहुने र रक्तदानले रगत पातलो भई शरिरको अंगप्रत्यङ्ग चलायमान हुनुका साथै हृदयघात हुनबाट बचाउने र तौल नियन्त्रण भई शरीर स्वस्थ हुने बताउनु भयो ।
कार्यक्रममा स्वागत उपाध्यक्ष श्रीप्रसाद प्रजापति, ब्यवसाय प्रबद्र्धन उपसमितिका संयोजक राजु सिं बजिको, साँस्कृतिक उपसमितिको संयोजक रामकृष्ण लावजू र प्रबन्धक गौतम कुटुवाजूले कार्यक्रम संचालन गनु भएको थियो भने महिला पुरुष गरी जम्मा ५१ जनाले रक्तदान गर्नु भयो । साथै निःशुल्क सदस्यमा ६ जना भएको समेत प्रबन्धक गौतम कुटुवजुले जानकारी दिनु भयो ।      

...

All Comments.......


Please Login/Register To Comments