रामकृष्ण प्रजापति


कला र सँस्कृतिले सजिएको समाज
यसलाई आर्दश भन्नु कि उदाहरण ?
सुस्तरी सुस्तरी सिद्धान्त ओकल्दा,
कुन्नि के हो, के हो
वर्ग विभेद आभास हुन्छ,
यसलाई म विचार भन्नु कि वाद ?
विश्व व्यापीकरण हुँदा
लाग्छ, शोषणबाट पिल्सिन्छौ
विश्वका गरिब देश
तेश्रो ध्रुवमा फुलेको नाटकीय दमन,
ओ ! कहिल्यै निको नहुने त्यो घाऊ !
आशको पनि आश
वर्गीय भावना भन्नु कि सिद्धान्तको दिग्दर्शन ?
बर्ग संघर्षको ज्वाला निस्कँदा
क्रान्तिको विगुल फुक्छ,
त्यो निमेष चिंगारी
वर्ग संघर्ष आदिम समयदेखि
क्रान्तिकारी सु–संस्कृत समाज
मात्र रापको सामु पनि
हिमाल झै पग्लिन्छ ।
भन,
यसलाई मानवीय गुण भन्नु कि वैचारिक तीक्ष्णता ?
त्यो क्षण,
संशोधनवाद हुँदो हो सायद
तिम्रो वैचारिक र सैद्धान्तिक अनुहार देख्ने
त्यो तिम्रो कामना योग्य
सबै वाद त्यो अवसरमा छ ? या सिद्धान्तमा ?
त्यो शुभ वा अशुभ समयलाई के भन्नु ?
वर्ग संघर्षको निचोड भन्नु कि प्रकृतिको सार ?

धन्यवाद !


...

All Comments.......


Please Login/Register To Comments