भक्तपुर । नेकपा एमालेका युवा नेता महेश वस्नेतलाई पक्राउको माग गरिएको छ । भक्तपुरको गुण्डु निवासी बस्नेतलाई राष्टिय प्रजातन्त्र पार्टी भक्तपुरले पक्राउको माग गरेको छ । वस्नेतले एमालेबाहेकका दलका नेता तथा कार्यकर्ताहरुको चरित्रहत्या गर्ने अभिव्यक्ति दिएकोले कारबाहीको लागि जिल्ला प्रशाशन कार्यालयको ध्यानाकर्षण गराएको छ ।
मंगलबार जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै पार्टी नेताहरुले जथाभाबी बोली हिड्ने वस्नेतमाथि नेपाल सरकारले आवश्यक कारबाही अगाडि वढाउनका लागि जिल्ला प्रशाशन कार्यालय भक्तपुरसमक्ष अनुरोध गरे ।
पत्रकार सम्मेलनमा बताइए अनुसार मंसिर ३ गते भक्तपुरको एउटा पार्टी प्यालेसमा भएको पार्टीको एउटा कार्यक्रममा वस्नेतले भक्तपुर जिल्ला चाँंगुनारायण नगरपालिका वडा नं ६ नगरकोटको एक सय १३ रोपनी जग्गा बेचविखन गरी अपचलन गरेको आरोप लगाएका थिए । त्यो आरोप राष्टिय प्रजातन्त्र पार्टी भक्तपुरका संस्थापक अध्यक्ष एवं जिल्ला विकास समिति भक्तपुरका पूर्व सभापति सुरेन्द्रप्रताप शाह र उनका सुपुत्र रवीन्द्रप्रताप शाहमाथि लगाइएको छ । 
पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सहमहामन्त्री एवं राष्टिय प्रजातन्त्र पार्टी जिल्ला तदर्थ समिति भक्तपुरका अध्यक्ष रवीन्द्रप्रताप शाहले आरोपको पुष्टी गर्न चुनौती दिए । पार्टीका अर्का पूर्व केन्द्रिय सस्दय रामेश्वर थापाले स्वर्गीय व्यक्तित्वबारे केकस्तो कुराहरु बोल्न मिल्छ भन्ने थाहासम्म नभएको राजनीतिक अनुशाशनहिन नेता भनी वस्तेलाई टिप्पणी गरे । 
पार्टी सचिवालय प्रमुख अर्जुन कार्कीले वस्नेत भक्तपुरमा सिमित नेता भन्दै भक्तपुरमा बसेर राजनीति गर्नु छ भने संयमित रहन सुझाब दिए । पूर्वमन्त्री टंक ढकाल, पार्टी केन्द्रिय सदस्य एवं सांसद धनेश्वरी प्रजापतिलगायतको अतिथ्यतामा भएको कार्यक्रममा पार्टी कार्यकर्ताहरु पनि उपस्थित थिए । 

...

All Comments.......


Please Login/Register To Comments