भक्तपुर । भक्तपुरको भीमसेनस्थानस्थित कुथु सुव्या दुगुद्यको पुनः निर्माण सुरु भएको छ । भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले जीर्ण मन्दिरको छानामा रहेको पोल अपा (झिंगटी) झिकेर मन्दिर भत्काउन सुरु भएको हो । साइट देखाएर सो अनुसार मन्दिर भत्काउन शुभारम्भ गरिएको हो । यो मन्दिर भीमसेनस्थाको भीमसेन मन्दिरको पश्चिम भोज खुवाउने स्थलकोवीचमा रहेको छ । मदिर एकतल्ले मात्रै छ । 
मन्दिर २०७२ सालको महाभूकम्पले जीर्ण बनेको थियो । मन्दिरको उतरक्षेत्रमा जग भासिन गई अहिले असन्तुलनमा छ । साथै माथि छानामा पनि सवै झिंगतीहरु झरेर विग्रिसकेको छ । साथसाथै पुरानो मन्दिर सवैतिर जीर्ण जस्तै भइसकेको छ । मन्दिर पूर्ण रुप्मा ध्वस्त भने भएको छ । 
मन्दिर पुननिर्माणका लागि विष्णु मारिखूको अध्यक्षतामा सात सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ । उपभोक्ता समितिका उपाध्यक्ष विश्वराम कवांका अनुसार मन्दिर पुनः निर्माणको लागि करिव ४४ लाखको लागत इष्टमेट भएको छ । यो सवै रकम सहयोग जुटाई मन्दिर पुननिर्माण गर्ने योजना अनुसार काम अगाडि वढाइएको बताए । यसकारण मन्दिर पुननिर्माणमा आफूहरुले सकेको भौतिक, नैतिक, आर्थिक सहयोग गर्न उनले सवैसँंग अनुरोध गरे । 
पहिलो चरणमा मन्दिर भत्काउने काम हुने उनले जनाए । त्यसपछि जग खनेर अपौचारिक रुपमा जग हालेर काम सुरु गर्ने उनले जनाए । मन्दिरको पुननिर्माण कार्य चैतभित्र सकाउने योजना राखिएको छ । 

...

All Comments.......


Please Login/Register To Comments