ललितपुर । नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी महिला संघ ललितपुरको आयोजनामा इजराइलले प्यालिस्टाइनविरुद्ध गरिरहेको अमानवीय आक्रमणको विरोधमा शुक्रबार ललितपुरमा प्रदर्शन गरेको छ । ललितपुरको लगनखेलबाट सुरु भएको जुलुश नगर परिक्रमा गरी मंगलबजार पुगेर सभामा परिणत भएको थियो । सभामा सांसद प्रेम सुवाल, आयोजक महिला संघकी केन्द्रिय अध्यक्ष अनुराधा थापामगर, बागमति प्रदेश सांसद सृजना सैंजूलगायतले बोल्नुभएको थियो । 
तस्वीरहरु विकुराम तजले   

...

All Comments.......


Please Login/Register To Comments