मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिका वडा नं. ४ शंखधरचोकस्थित नवआदर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक अध्यक्षमा पुन राकेश श्रेष्ठ निर्वाचित हुनु भएको छ । संस्थाको १६ औं वार्षिक साधारणसभाबाट आगामी ४ वर्षका लागि सञ्चालक उपाध्यक्षमा हरेराम कायस्थ, सचिवमा भाई रमेश प्रजापति र कोषाध्यक्षमा जगतबहादुर (प्रमोद) श्रेष्ठ निर्वाचित हुनु भएको छ । त्यसैगरी सञ्चालक सदस्यहरुमा दिपेन्द्र बज्राचार्य, कृष्णभक्त श्रेष्ठ, भक्त श्रेष्ठ, चण्डिका श्रेष्ठ र दिललक्ष्मी श्रेष्ठ चयन हुनु भएको छ । त्यसैगरी लेखा संयोजकमा सुरेन्द्र श्रेष्ठ र सदस्यद्धयमा रोशन प्रधाना»्ग र अमिरभक्त प्रधाना»्ग चयन हुनु भएको छ । संस्थाको १६ ओं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले बढि ब्याजको लोभमा पर्दा साँवा पनि गुम्न सक्ने तर्फ सचेत गराउँदै नवआदर्श साकोस जस्ता समुदायमा आधारित सहकारीले गरेका सामाजिक, शैक्षिक, सांस्कृतिक एवं स्वास्थ्य सचेतनाका कार्यको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । उपप्रमुख श्रेष्ठले मथिनपाले शिक्षा, स्वास्थ्य एवं सहकारीको विकासमा गरेका कार्यहरुको जानकारी दिदैं मथिनपामा कर्जा सूचना प्रणाली स्थापना गरिने बताउनु भयो । कार्यक्रममा नेफ्स्कुनकी केन्द्रीय सदस्य मन्दरा मिश्र, भक्तपुर जिल्ला बचत संघका सदस्य पञ्चकृष्ण श्रेष्ठ, ओस्ला साकोसका अध्यक्ष रोशन बज्राचार्य, राष्ट्रिय सहकारी बैंक थिमि शाखा प्रमुख सीता भ¤राई, एसफासका अध्यक्ष जगतबहादुर श्रेष्ठ, लगायतका अतिथि वक्ताहरुले समुदायमा आधारित नवआदर्श साकोसका कार्यहरुको प्रशंसा गर्दै शुभकामना व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष राकेश श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा येयाँपुन्हिको दिन मध्यपुर थिमिको ऐतिहासिक जिब्रो छेड्ने साहसिक व्यक्ति बालकराम नानी श्रेष्ठलाई नगद सहित, दोसल्ला ओढाइर विशेष सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष राकेश श्रेष्ठले शेयर सदस्य १ हजार ७ सय १९ जना, शेयर पुँजी २ करोड १६ लाख ५४ हजार ७ सय रुपैंया, निक्षेप १३ करोड ३१ लाख ९७ हजार ३ सय १८ रुपैंया पुगेको जानकारी दिनुभयो । संस्थाले शेयर सदस्यहरुको आर्थिक उन्नति, सामाजिक विकास, सांस्कृतिक संरक्षणका साथै शिक्षा, स्वास्थ्य एवं सीप विकासका कार्य गर्दै आएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । संस्थाका सचिव हरेराम कायस्थले सञ्चालन गर्नु भएको कार्यक्राममा उपाध्यक्ष दिपेन्द्र बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाका सचिव हरेराम कायस्थले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा संस्थाका कोषाध्यक्ष गौरीशरण श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्दै आ.व. २०७९=०८० मा ४४ लाख ८६ हजार १६ रुपैंया सञ्चालन नाफा रहेको जानकारी दिनुभयो । संस्थाका लेखा संयोजक सुरेन्द्र श्रेष्ठले लेखा सपरिवेक्षण समितिको प्रतिवेदन सुझाव सहित प्रस्तुत गर्नुभयो । लेखा परीक्षक हिरारत्न बज्राचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा असल ऋणि, असल बचतकर्ता, असल खुत्रुके बचतकर्ता एवं नवआदर्श शिक्षा सम्मान समेत प्रदान गरिएको थियो । कार्यक्रममा संस्थाद्धारा ५८ जेष्ठ शेयर सदस्यहरुलाई उपहार सहित सम्मान गरिएको संस्थाका सचिव हरेराम कायस्थले जानकारी दिनुभयो । उक्त कार्यक्रममा थिमिमा दोस्रो पटक जिब्रो छेडेर रातको समयमा खाली खु¤ा काठमाडौंको पशुपतिनाथ एवं गुहेश्वरीसम्मको दर्शन गरेर पुन थिमिमा आएर विभिन्न शक्तिपीठको दर्शन गर्नु भएका साहसी व्यक्ति बालकराम नानी श्रेष्ठले गिनीज् बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने कार्य गरेको स्थानीय बासिन्दाहरुको भनाइ छ । साहसी व्यक्ति श्रेष्ठलाई नवआदर्श साकोस, माछापुच्छ्रे साकोस, बाबा साकोस लगायतका मध्यपुर थिमि क्षेत्रका सहकारीहरुले नगदसहित सम्मान गरिसकेका छन् ।

...

All Comments.......


Please Login/Register To Comments