राजनीतिक दुई किसिमको रहेछ ।
१) सत्यको राजनीति र
२) असत्यको राजनीति 
बुझनु पर्ने कुरो जनताले हो ।
अहिले सत्यको पक्षमा राजनीति गर्नेलाई जनताले साथ दिनुपर्ने । तर त्यसो नभइकन जनताहरू शिक्षित भन्दा असिक्षितहरू धेरै भएकोले सत्यलाई रोज्न सकेन । असत्य बोल्ने धेरै भएकोले सत्य बिलायो । एकदिन सत्यको राजनीति गर्ने जन्मिने छ । जन्मेर बसेको छ । तर सत्यलाई असत्य राजनीति गर्नेहरूले दवायो । सत्यको राजनीति गर्नेहरू तपाईं हाम्रो वरपर छरेका छन् । सत्यको राजनीति सधै सत्य नै हुन्छ । असत्य गर्नेहरू दूध उम्लेर आए जस्तै हुन्छ, पोखेर सकिहाल्छ, खेल समाप्त हुन्छ, हुनेछ । 
सत्यले मैनवत्तिले झै प्रकाश छरिरहेको हुनेछ । सत्यवादी हत्तपति दूध उम्लेर भूइमा पोखेर सुक्ने छैन् । राजनीति झूठ खेलेर जनतालाई कंगाल वनाई उनीहरू धनी धनाध्य,पुस्त सम्पत्ति कामएको हुन्छ । गरिवले नियाल्नु पर्ने जो राजनीति गरेर ऐश आरामको खानपिन लवाई खवाई भएकाहरू छन् नि ती व्यक्तिहरूले जनतालाई विश्वासघाट गरिरहेको भनेर वुझ्नु पर्ने हो । यस पक्षमा जनताले नियाल्न नसकेर नै झूठको राजनीति गर्नेहरू विश्र्वमा अगाडि वढेको हो । सत्यको राजनीति गरेर जनतालाई विश्र्वास दिलाएर अगाडि वढेको देशहरू विश्र्वका जनताको अगाडि धरोहर जस्तै उभिएको देश राष्टपतिहरू थुप्रै छन् । सत्यको राजनीति गरेर जनतामा जग बसालेका देशका राजनीतिज्ञले विश्र्वमा आफ्नै ढंगको रणनीति बनाएर सबैको मन जितेकाछन् । 
शोषण गर्ने हातहतियार बिक्री बितरण गर्ने तेलको भण्डारण लुट्ने देश विश्वको स साना मुलुकलाई युध्द गरेर नरसंहार बनाई संसारको नक्शावाट विदा गर्न तम्सेको वर्तमानमा देखेकै छ । ठुला राष्ट्ले त अहिले झगडा, आक्रमणमा साथ नदिई शान्ति खोज्नु पर्ने हो तर यहाँ ठूला भन्ने राष्ट्ले जहिले आक्रमण गर्न अगि सरेको आँखाले देखेकाछन् । 
हेर्नुस् इजरायलको साथमा रहेर अमेरिकाले पनि इजरायललाई साथ दियो । बम,वारूध्द,रकेटले र मिसाईलले प्यालेष्टिनी जनतालाई आक्रमण गरे । 
 अन्तमा यति लेखेर विदा हुन्छु । राजनीति गरिवले र अशिक्षि नबुझेसम्म संसारमा यस्तै समय बितिन्दोरहेछ । जहिले परिवर्तन खोज्न र ल्याउन गरिवले नै अग्रिम भूमिका निभाउनु पर्छ । अनि मात्र सत्यको राजनीति सफल हुन्छ । असत्य राजनीतिको पराष्ट हुन्छ । जनता नै उठ्नुपर्छ । नेताले क्रान्ति गर्ने होइन जनताले क्रान्ति गर्ने हो । नेताले नेतृत्व गर्ने हो । 
२०८०÷८÷१७
...

All Comments.......


Please Login/Register To Comments