भक्तपुर । फाइभ एसजि प्रोडक्सनकोा ब्यानरमा निर्माण हुन लागेको नेपालभाषाको नयाँ चलचित्र “नुगलय् मिखा चायेकी”को शुभ मुहुर्त शनिबार मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा एक कार्यक्रम गर्दै सम्पन्न भएको छ । चलचित्रका निर्देशक विश्वास बज्राचार्यंले नरिवल फुटाएर चलचित्रको शुभ मुहुर्त शुरु गरेको थिया । कार्यक्रममा चलचित्र कलाकारहरु सुरज ब्यन्जन्कारले क्लाय्प दिएका थिए भने कलाकारहरु श्यामसुन्दर सुन्दर शिल्पकार, अर्णेस्वरी शिल्पकार र सुरेन्द्र श्रेष्ठले मुहुर्त शट् दिएर दिएर छायाँकन शुरु गरेको थियो । बालकुमारी मन्दिरमा पुजा गरेर चलचित्रका अन्य कलाकार र प्राविधिकहरुलाई चलचित्रका लेखक, निर्माता तथा निर्देशक शंकर खड्गींले खादा आडाएर सम्मान गरको थियो । चलचित्रका अन्य कलाकारहरुमा मनोज महर्जन, सलोना बज्राचार्य, सुजन बज्राचार्य, हसना महर्जन, चिरिबाबु महर्जन, श्रीजा अवाले, तिर्थ अवाले, अन्नपुर्ण श्रेष्ठ, सुदन श्रेष्ठ, भीमसेन रिसाल, राजाराम भाम, उजय शाहीको मुख्य भुमिका रहेको छ । निर्मातामा शंकर खड्गी, सुरेन्द्र श्रेष्ठ र सुदन श्रेष्ठको संयुक्त लगानी रहेको चलचित्र “नुगलय मिखा चायेकि” को छायांकन र सम्पादन अभि शाक्य ले गर्ने जनाएको छ भने निर्माण व्यवस्थापकको जिम्मा उजय शाहीले लिने निर्माता मध्येका एक सुरेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । पुष महिनाको पहिलो हप्ताबाट चलचित्रकोे नियमित छायाँकन शुरु हुने पनि निर्माण पक्षले जानकारी दिएको छ ।...

All Comments.......


Please Login/Register To Comments