मध्यपुर थिमि । कला र कविताका पक्षमा सँझ्याः साहित्य भन्ने मुल नाराका साथ विगत एक दशकदेखि भक्तपुरका विभिन्न स्थानमा घुम्ती कविता वाचन कार्यक्रम हुँदै आएको छ । साहित्यकारहरु महेश पौडेल, अभय श्रेष्ठ, रामगोपाल आशुतोष, हरिहर तिमिल्सिना लगायतले निरन्तरता दिनु भएको नव कविता वाचत कार्यक्रममा साहित्यकार एवं कवि प्रकाश सायमी, कवयित्री सुशीला हसिना, रवि पृयाले ६=६ वटा कविता वाचन गर्नुभयो । कवि रामगोपाल आशुतोष, नविनप्रकाश श्रेष्ठ, नन्दु उप्रेती, धर्म पोखरेल लगायत धेरै साहित्यकार एवं कविहरुको जमघट रहेको उक्त कविता वाचन कार्यक्रम मध्यपुर थिमि नपा ४, शंखधर चोकस्थित दि बिन्च एण्ड बाइट्समा भएको थियो । कवि एवं साहित्यकार बसन्त नकर्मीले सयपत्री फुलको माला सहित स्वागत गर्नुभएको उक्त कार्यक्रममा ३ पुस्ताका फरक फरक अनुभूति र परिवेशका समसामयिक कविता वाचनलाई प्राथमिकता दिने प्रयास गरिएको आयोजकले जानकारी दिएका छन् । कविता मार्फत भक्तपुरलाई चिनाउने र चिन्ने अवसर प्रदान गर्ने जमर्को गरिएको कवि रामगोपाल आशुतोषको भनाई छ ।

...

All Comments.......


Please Login/Register To Comments