भक्तपुर, मंसिर १८ । आधारभूत विद्यालय समिति भक्तपुरको कार्यतालिका अनुसार नवीन आधारभूत विद्यालयको संयोजनमा सोमबार शिक्षक व्याडमिन्टन प्रतियोगिता सम्पन्न भयो । प्रतियोगिताको उद्घाटन सभामा समितिका अध्यक्ष दीपक माकले शिक्षकलाई सक्रिय बनाइ विद्यार्थीलाई पनि क्रियाशील बनाउन समितिले शिक्षकहरु बीच विविध गतिविधिहरु संचालन गर्दै आएको बताउनुभयो । संयोजन विद्यालयका प्रधानाध्यापक प्रकाश गोसाईले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरु माझ अतिरिक्त क्रियाकलाप गर्न शिक्षकहरुले तदारुकता देखाउन जोड दिनुभयो । निर्णायक राधेश्याम मचामसीले खेलको नियम बारे बताउँदै खेलमा हार जीत भन्दा निरन्तरको अभ्यास आवश्यक रहेको बताउनुभयो । सो कार्यक्रममा नवीन आविका शिक्षक कृतिका श्रेष्ठले पनि बोल्नुभयो । समितिस्तरीय संचालन भएको पुरुष शिक्षक व्याडमिन्टन प्रतियोगितामा सिद्धि शारदा आविका कृष्ण प्रसाद सुवाल प्रथम, गणेश माविका उकेश सुवाल द्धितीय, भीम आदर्श आविका दीपक माक र ज्ञानविजय आविका राजेश भ्वयद्यो संयुक्त रुपमा तृतीय भएका थिए । सोही प्रतियोगितामा महिला शिक्षक तर्फ नवीन आविका कृतिका श्रेष्ठ प्रथम, गणेश माविका असलमाया तुईतुई द्धितीय, जनसेवा आविका शर्मिला सुवाल र बरदायणी आविका सपना श्रेष्ठ संयुक्त रुपमा तृतीय भएका थिए ।...

All Comments.......


Please Login/Register To Comments