भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा सुर्यबिनायकमा पाँच वटा खाद्य, मासु पसलहरुमा बजार अनुगमन भयो ।

अनुगमनमा आधुनिक कृषि तरकारी पसलको दर्ता प्रमाणपत्र र खाद्य विभागबाट अनुज्ञा पत्र लिई प्याकेजिङ्ग सामानहरुमा लेबल राखेर मात्र विक्रि वितरण गर्नुपर्नेमा सो प्रमाणपत्र नदेखाएकोले उक्त प्रमाणपत्र लिई कार्यालयमा हाजिर हुन र तराजु नविकरण गर्न साथै म्याद नाघेको सामानहरु बि बि डि ध्यू ८ वटा, महेश भुजिया २ पाकेट, रेड लेवल मसला चिया ४ पाकेट जफत गरि नष्ट गरिएयो । त्यस्तै प्रताप किराना स्टोर म्याद नाघेको सामानहरु दालको पिठो ६ पाकेट, रेड चिली १ पाकेट, ड्राई फ्रुटस १ पाकेट, चिकेन सुप १ पाकेट, फुरन दाना १ पाकेट, पास्ता १ पाकेट, शक्ति ध्यू १ केजि ३ पाकेट, काजु १ पाकेट जफत गरी म्याद नाघेको सामानहरु छुट्टै स्टोरमा राख्न निर्देशन दियो । त्यस्तै अजिमा किराना पसलमा म्याद नाघेको सामानहरु निर्मित दालमोठ १ पाकेट, शिवशंखर दालमोठ २४ पाकेट, डाबर च्ववनप्रास १० पाकेट, वोर्नभिटा १ पाकेट, मिस्टर व्हाइत सोडा १ पाकेट जफत नष्ट गरि म्याद नाघेको सामानहरु समय समयमा चेक जाँच गरी छुट्टै राख्ने व्यवस्था गर्न र तराजु नापतौल विभागमा नविकरण गर्न र ५ केजिको ढक जफत गरी कार्यालयमा उपस्थित हुन निर्देशन दियो । त्यस्तै प्रहर किराना स्टोरमा म्याद नाघेको सामानहरु पापड ५२ पाकेट, मरिच १ केजि, वेसार १२ पाकेट, खुर्सानी ४ पाकेट जफत नष्ट गरि म्याद नाघेको सामानहरु समय समयमा चेक जाँच गरी छुट्टै राख्ने व्यवस्था गर्न र तराजु नापतौल विभागमा नविकरण गर्न र पसल दर्ता प्रमाण पत्र लिई कार्यालयमा उपस्थित हुन निर्देशन दियो । त्यस्तै बाराही मिट शपमा पसल व्यवस्थित गर्न निर्देशन दियो ।

अनुगमन समितिका सदस्य हरिराम सुवाल, भनपा श्यानिटेशका न.नि. दिलिपकुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका अर्जून खाईतु, उद्योग बाणिज्य संघका विश्वराम दुवाल, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक सानु श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग संघका प्रेमकृष्ण खर्बुजा, घरेलु तथा साना उद्योग कार्यालयका सिताराम त्वायनाको सहभागी थियो ।

...

All Comments.......


Please Login/Register To Comments