भक्तपुर । भक्तपुरको सूर्यविनायक निवासी हरिलाल पञ्च एकसय वर्ष पुग्नुभएको छ । सय वर्ष पुगेको अवसरमा मंगलबार नातागोता आफन्तहरुको भव्य उपस्थितिमा जन्मदिन मनाइएको छ । छोराबुहारी, ज्वाइहरु, नातिनातिनाहरुलगायतको भव्य उपस्थितिमा जन्मदिन मनाइएको हो । सय वर्षको अवसरमा दिनभर सूर्यविनायक पाण्डुबजारस्थित नयाँं घरमा भजनकीर्तन गरिएको थियो । 
हरिलालको पुख्र्याैली घर भक्तपुर नगरपालिका वडा नं १७ (हाल भक्तपुर नगरपालिका वडा नं १) इटाछेमा हो । उहाँं यस वडाको पनि सवैभन्दा जेष्ठ नागरिक हुनुहुन्छ । 
हरिलाल धर्मपत्नी केशरीसहित कान्छो छोरा लक्ष्मीप्रसादको परिवारमा वस्नुहुन्छ । उहाँंका तीन छोरी र चार छोराहरु हुनुहुन्छ । पहिलो सन्तानको रुपमा क्रमशः जन्मिएका तीनवटै छोरीहरुको निधन भइसकेको छ । ठूलो छोरी, माइली इन्द्रमाया किसी, साइली रञ्जना फैजूको निधन भइसकेको छ । छोराहरु हरिप्रसाद, रामप्रसाद, कृष्णप्रसार र लक्ष्मीप्रसाद भने बुहारीसहित रहनुभएको छ । 
सय वर्ष पुगेका हरिलालसँंगै झण्डै एक वर्ष पुग्न लागेका केशरी अहिले दुवैजना अहिले कान्छो छोराबुहारीसँंग सूर्यविनायकका वस्नुहुन्छ । उहाँंहरु हाल पुरोना बसोबासस्थलबाट नयाँं ठाउँं अर्थात् भक्तपुर नगरपालिका वडा नं १ (साविक वडा नं १७) इताछें भक्तपुरबाट सरेर जिल्लाकै सूर्यविनायक नगरपालिका वडा नं ६ पाण्डुबजार सूर्यविनायकमा बसोबास गर्नुहुन्छ । उहाँंहरुको परिवारमा उहाँंहरु दुईजना, कान्छो छोरा लक्ष्मीप्रसाद र उहाँंको श्रीमती नानीछोरी चारजनाको परिवारमा वस्नुहुन्छ । उहाँंहरुका कान्छो छोरा लक्ष्मीप्रसादका दुई वटा छोराहरु निरज र निकेश हुनुहुन्छ । दुवैको विवाह पनि भइसकेको छ । तर उहाँंहरु दुवै अर्थात् दुईजोडी विदेशमा वस्नुहुन्छ । हाल भने ठूलो नाति निकेश एक महिनाको लागि नेपालमा हुनुहुन्छ ।
हरिलाल पहिलापहिलाको सेलेब्रती भनेको बाजा बजाउन आउने केटा हुने सम्झनुहुन्छ । बाँंसुरी बजाउन आउने, गीत गाउन आउने, धिमे बजाउन आउने आदि मानिस उहिलेउहिले केटीहरुको लागि आकर्षक युवा मानिने उहाँं सम्झनुहुन्छ । आफूलाई पनि बाँंसुरी बजाउन आउने भन्दै उहाँं गीत पनि अहिलेसम्म पनि मज्जाले गाउनुहुन्छ पुरानापुराना नेवारी । तथापि उहाँं राम्ररी कान सुनुहुन्न उमेरका कारण । 
पहिलापहिला मिहेनत पनि उतिकै गर्नुपर्ने उहाँं सम्झनुहुन्छ । आफूले पनि युवा अवस्थामा बनेपा, पनौती, धुलिखेलबाट ठूल्ठूला भारी परम्परागत खर्पणमा राखेर काठमाडौंसम्म हिडेर बोकेर पुयाउने उहाँं सम्झनुहुन्छ । विशेष गरेर दुई वटै बोरामा भारी मकै राखेर काठमाडौंमा खपर्णमा राखेर पुयाउने गरेको सम्झना उहाँंसँंग अझै ताजा छ । 
उहाँंहरु जस्तो एक सय वर्ष संगै जीउन पाउने जोडी सायदै कम होला नेपालमै पनि । उहाँंहरु दुवैलाई लामो यात्राको शुभकामना । दुवै जनालाई सुस्वास्थ्य, अनि दीर्घायूको शुभकामना एवीसीडी खवर अनलाइन मिडियाकोतर्फबाट पनि ।

...

All Comments.......


Please Login/Register To Comments