काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले कोशी प्रदेश सम्पर्क समितिको अधिवेशन शनिबार राजधानीमा भयो । अधिवेशनको उदघाटन गर्दै पार्टी सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहराले वर्तमान सरकार भ्रष्टहरुको सरकार रहेको आरोप लगाएका छन् । नेकपा एमाले कोशी प्रदेश सम्पर्क समितिको दोश्रो अधिवेशनको शनिबार राजधानीमा उदघाटन गर्दै उनले त्यही कारण वर्तमान सरकार लामो सयमसम्म टिक्न नसक्ने दावी गर । 
अहिले सरकार कुन बेला ढल्छ निश्चित छैन, उनको दावी थियो । उनकै भाषामा अपवित्र गठबन्धनबाट बनेको यो सरकार आफैं लंगडो छ । कसले हात झिकिदिएपछि यो सरकार आफैं समाप्त हुने उनको भनाई थियो । यही कारण अहिलेको सरकार लामो समय नचल्ने उनको दावी थियो । सता प्राप्तिकै लागि मात्रै भएको गठबन्धन जुनैबेला ढल्न सक्ने उनको भनाई थियो । 
उनले अहिले सरकार हरेक हिसावले उपयुक्त नभएको आरोप लगाए । सरकार भ्रष्ट छ, अनैतिक छ, चरम अवसरबादी छ, पदलोलुप छ, सुविधाभोगी छ, उनको प्रश्न थियो, यस्तो सरकार कसरी लामो समयसम्म टिक्न सक्ला र ? 
कार्यक्रममा एमाले स्थानीय समिति सदस्य एवं सम्पर्क समन्वय समितिका इन्चार्ज लालबाबु पण्डिले एमालेको समृद्ध नेपाली सुखी नेपालीको अभियानपछि पार्टीले नयांँ राजनीतिक कार्यक्रम ल्याएर मुलुकलाई समृद्धिको दिशातर्फ अगाडि वढाउने बताए । कार्यक्रममा पार्टीका सांसद देवेन्द्र दाहालले जनतालाई अगाडि लिएर एमाले अगाडि वढनुपर्नेमा जोड दिए । कार्यक्रममा एमाले कोशी प्रदेश सम्पर्क समितिका संयोजक कपिलदेव ओली, सचिव नवराज घिमिरेलगायतले एमाले अरु जस्तो पार्टी नभएको दावी गरे ।  अधिवेशनमा भव्य उपस्थिति रहेको थियो । 


...

All Comments.......


Please Login/Register To Comments