भक्तपुर । लैड्डिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा वागीश्वरी कलेज, भक्तपुर नगरपालिका वडा नं. ९, भक्तपुर जिल्ला प्रहरी परिसर, भक्तपुर अस्पताल अन्र्तगत ओसीएमसी संस्थाको संयुक्त सहकार्यमा कमलविनायक, तुमचोस्थित वागीश्वरी कलेजको सभा हलमा विद्यर्थीहरु माझ अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका संयोजक तथा भक्तपुर नगरपालिका वडा नं ९का जनप्रतिनिधि इन्द्रबहादुर प्याठले विद्यार्थीहरुले यस्ता जनचेतनामूलक ज्ञानहरु आफूस“गै अरुलाई पनि सचेत गराउनु पर्ने बताउनुभयो । 
त्यसैगरी कार्यक्रममा भक्तपुर नगरपालिका कार्यपालिका सदस्य छोरीमैंया सुजखुले नेपालमा एक दशकभित्र करिब १ लाख ३३ हजार ८५६ वटा लैंगिक हिंसाको उजुरी दर्ता भएको तथ्याड्ढ उल्लेख गर्दै महिला तथा बालबालिकामा आर्थिक, शिक्षा, जस्ता जनचेतना जागेपछि केहीहदसम्म सुधार भएको जानकारी दिनुभयो साथै उहा“ले विभिन्न प्रलोभन देखाई महिला, बालबालिकालाई विभिन्न तवरको हिंसाबाट शिकार भएका उदाहरणहरु प्रस्तुत गर्दै विद्यार्थीहरु यस्तो प्रलोभन र गतिविधिबाट समयमै सचेत हुनुपर्ने बताउनुभयो । 
कार्यक्रममा जिल्ला प्रहरी परिसर भक्तपुरका निरिक्षक शुकदेव पौडेलले अपराधरहित समाजको सुनिश्चितता, नेपाल प्रहरीको प्रतिबद्धता शीर्षकअन्तर्गत विद्यार्थीहरु माझ लैंगिक हिंसाका प्रकार, यसका घटनाका अवस्था, कानुनी उपचार, चुनौती , सुझाव तथा विभिन्न लैंगिक हिंसासम्बधि जनचेतनामूलक प्रशिक्षण दिनुभयो । सामाजिक एवं वर्तमान समाजमा नया“ प्रविधिको विकास स“गस“गै आपराधिक हिंसाका जटिल अवस्थाका बारे अन्तत्र्रिmया कार्यक्रममा निरीक्षक पौडेलले जानकारी दिनुभयो । 
कार्यक्रममा डा. सबनम श्रेष्ठले लैंगिक हिंसामा हुने गतिविधि, समाजमा हुने हिंसा र मानसिक अवस्थाले व्यतिmलाई हुने स्वास्थ अवस्थाबारे जानकारी दिनुभयो भने वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले वागीश्वरी कलेजमा करिब ७३ प्रतिशत विद्यार्थी महिला रहेको र यस कलेजमा यस्ता गतिविधि हुन नदिन आफूहरु सचेत रहेको वताउनुभयो ।
१६ दिने लैंगिक हिंसाविरुद्धको अन्तिम दिनमा भएको यस कार्यक्रममा भक्तपुर अस्पताल ओसीएमसी संस्थाको फोकल व्यतिm नविना थापा, भक्तपुर नगरपालिका वडा नं ९का वडां सदस्य ज्ञानबहादुर मानन्धरलगायत विभिन्न व्यक्तित्वको पनि उपस्थित रहेको थियो ।  

...

All Comments.......


Please Login/Register To Comments