- Post Date 2023-12-14 06:23:27
शैलेश कर्माचार्य (न्यु जिल्याण्ड)
उमेरले गर्दा स्मरण ह्रास हुनु, बिर्सिंदै जानु अनि कतै जाँदा हराउनु समयको नियति हुन पुगेको छ। हराउनु भएका बृढ आमा-बुवाहरु प्रति समर्पित मेरो कविता।
ओ हो, कता पो पुगे छुँ
घरसँगैको मन्दिर दर्शन
बाटो बिराएँ छुँ
लौ न कता पो पुगेँ छुँ
थाहा भएन कति बेर
कुन बाटो हिडे छुँ
उफ ! थाकेँ
दुइ घुट्को पानी पिउन पाएँ हुन्थ्यों
बाटो बिराएँ छुँ
लौ न कता पो पुगेँ छुँ
घरमा कौसी छ
तर यहाँ त सबै घरमा पो देख्छुँ
घरको रंग?
सेतो होईन र?
होइन क्या रे, पहेलो पो हो की?
बाटो बिराएँ छुँ
लौ न कता पो पुगेँ छुँ
ऊ त्यो परको बाबु, छिमेकी होइन र?
होइन रैछ,
ला ..... कसलाई पो सोध्नु
घरको ठेगाना?
बाटो बिराएँ छुँ
लौ न कता पो पुगेँ छुँ
उफ, कम्मर साह्रै दुख्यो
कता पो बसौं?
एकै छिन ठडिनु पर्यो क्यारे
अय्या, कति साह्रो दुःखेको
बाटो बिराएँ छुँ
लौ न कता पो पुगेँ छुँ
साँझै पो पर्न लागेछ
कसरी पहिल्याउनु बाटो अब?
यति धेरै मान्छे, चिन्ने कोही नाईं
बाटो बिराएँ छुँ
लौ न कता पो पुगेँ छुँ
हे भगवान !
लौ न मद्दत गरिदिनु
कोही त पठाई दिनु
केही त गरिदिनु
बाटो बिराएँ छुँ
लौ न कता पो पुगेँ छुँ
बाटो बिराएँ छुँ
लौ न कता पो पुगेँ छुँ
All Comments.......
मेरो कवितालाई स्थान दिनु भएकोमा हार्दिक धन्यवाद।
Shailesh
Please Login/Register To Comments