भक्तपुर, २९ मंसिर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा अस्पतालहरुमा रहेको क्यान्टिनहरुमा शुक्रबार अनुगमन गरियो । अनुगमनमा पहिला भन्दा अहिले तुलनात्मक रुपमा सरसफाईमा प्रगति भएपनि सन्तोष जनक नरहेको र क्यान्टिनको ठाउ“हरु सा“धुरो भएको संयोजक गोराले बताउनुभयो ।
अनुगमनमा भक्तपुर अस्पतालमा रहेको क्यान्टिन विना दर्ता संचालनमा रहेकोले तीन दिन भित्र दर्ता गर्न निर्देशन दिई मुल्य सुचि नया“ मुल्यहरु अपडेट नभएकोले त्यसको व्यवस्थापन गर्न, लेवल नभएको नटराजको वेशन २ पाकेट जफत गरी नष्ट गरियो भने न्यू भक्तपुर च्याउच्याउ आउने अधिल्लो दिनको मितिको पाएकोले उक्त चाउचाउ उद्योगका प्रोपाईटर जीवन छुस्यावागलाई त्यहि क्यान्टिमा बोलाएर त्यसमा सुधार गर्न निर्देशन समेत दियो । कामदारहरुले एप्रोन माक्स, पञ्जा, हेयरनेट प्रयोग गर्न, भान्छा सफा र व्यवस्थित राख्न निर्देशन दियो । 
त्यस्तै शहिद धर्म भक्त मानव अंग प्रत्यारोपन अस्पतालमा रहेको गुडविल रेष्टुरेन्ट एण्ड क्यान्टिन सा“घुरो भएकोले त्यसको व्यवस्थापन गर्न र सरसफाईमा ध्यान दिन निर्देशन दियो । 
त्यस्तै क्यान्सर अस्पतालनको सुप्रिमु रेष्टुरेन्ट एण्ड मःमः हाउसमा भान्छा कोठा फोहर भएकोले सफा र व्यवस्थित गर्न, चिया धेरै बेर पकाई राखेकोले त्यसमा निकोटिन हुने भएकोले आवश्यकता अनुसार मात्र पकाउन, क्यान्टिनमा प्रयोग भएको खाद्य सामाग्रीको म्याद नाघेको विएमसि मसला ४ पाकेट, बेकिड्ड सोडा १ बट्टा, फिजि लिचि जुस ४ वटा, क्विकस्को चिज बल १ पाकेट जफत गरी नष्ट गरियो भने कामदारहरुले एप्रोन माक्स, पञ्जा, हेयरनेट प्रयोग गर्न निर्देशन दिई पसल नविकरण नभएकोले नविकरण गरि तीन दिन भित्र नगरपालिका कार्यालयमा उपस्थित हुने निर्देशन दियो । 
अनुगमनमा सदस्य रोशन मैया सुवाल, रिता फसिकवा, ज्ञानबहादुर मानन्धर, भनपा श्यानिटेशका उपशाखा प्रमुख दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेवी व्याञ्जू, जिल्ला प्रशासन कार्यालय भक्तपुरका यादव प्रसाद मिश्र, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक राजकुमार बडाल, घरेलु तथा साना उद्योग संघका लक्ष्मी प्रसाद बाटी, कार्यालयका सिताराम त्वायनाको सहभागी थियो ।


...

All Comments.......


Please Login/Register To Comments