मोरङ । बेलबारी साहित्य विकास समितिको ५८ओैँ शृङ्खला भर्चुअल कविगोष्ठीको रूपमा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा नेपाल साहित्यिक पत्रकार सङ्घका महासचिव चेतनाथ धमलाको प्रमुख आतिथ्यमा भएको थियोे ।यस शृङ्खलाका प्रमुख अतिथि धमलाले अहिले नेपाली समाजमा व्याप्त रहेको भ्रष्टाचार,पश्चगामी चिन्तन र सांस्कृतिक विद्रुपीकरणका विरुद्ध कविले प्रतिरोधात्मक कविता लेख्न सक्नुपर्छ ।फतफत नारा लेखेर कवि हुन सकिँदैन ।कवि हुन त कवितामा कला र विचारको सुललित हुनुपर्छ भन्ने धारणा राख्नुभएको थियोे । यस शृङ्खलाकाअतिथि कविहरूमा मुक्ति पोखरेल ,दुर्गाप्रसाद सिग्देल ,शकुन्तला मञ्जरी,शारदा कार्की,बिनुबाबा कार्की ,टीका मिलन घिमिरे ,निर्मला बराल,विष्णु भण्डारी आचार्य ,गङ्गा पौडेल ,रश्मी रिमाल र उत्तम भेटवालले आआफ्नो कविता वाचन गर्नुभएको थियोे । यस भर्चुअल कविगोष्ठीको सञ्चालन तथा अध्यक्षता बेलबारी साहित्य विकास समितिका अध्यक्ष तिला लेकालीले गर्नुभएको थियोे ।यस क्रममा उहाँले आफ्नो गजलवाचनसहित भर्चुअल कविगोष्ठीको समापन गर्नुभएको थियोे ।...

All Comments.......


Please Login/Register To Comments