काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा १ हजार ४ सय १६ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ११ सय ४५ , भक्तपुरमा ११० र ललितपुरमा १६१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घन्टामा देशभर २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या १ लाख ७हजार ७सय ५५ पुगेको बताए।
आज देशभर ३१ हजार ३ सय १५ संक्रिय संक्रमित र होम आइसोलेसनमा १६ हजार ६ सय ६६ जना रहेका छन्।
हाल ४ हजार ६ सय १३ जना क्वारेन्टाइनमा रहेका छन् । गत २४ घन्टामा १ हजार ५ सय ५२ जना कोरोना मुक्त भएका छन् ।यो सँगै संक्रमण मुक्त हुने संख्या ७५ हजार ८ सय १४ पुगेको छ ।

...

All Comments.......


Please Login/Register To Comments