भक्तपुर । सुकुन्दा बचत तथा श्रृण सहकारी संस्था लिमिटेड जगाती ७ भक्तपुरको १६ औ १६ औ वार्षिक साधारण सभा तथा छैटौं अधिवेशन शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाको उदघाटन भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवांले गरे । 
सो अवसरमा उनले भक्तपुरमा समुदायमा आधारित सहकारी संस्थाहरुमा पैसा जम्मा गर्दा अरु नाफा केन्द्रित सहकारीमा जस्तै भाग्ला कि भनेर कुनै चिन्ता गर्नुपर्ने आवश्यकता नरहेको बताए । भक्तपुर नगरपालिकाले अन्य जुनसुकै ठाउँंबाट स्वीकृति लिएर आए पनि स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाबाट स्वीकृति नलिएकालाई कडाई गरेकाले भक्तपुरमा सहकारी संस्थाबाट नगरबासीहरु डुव्ने खतराबाट मुक्त भएको बताए । उनले व्याजको लोभमा नाफामुलक सहकारी संस्थामा पैसा जम्मा नगर्न पनि नगरबासीहरुसँंग अनुरोध गरे । 
कार्यक्रममा जिल्ला बचतबाट प्रतिनिधिका रुपमा आउनुभएका राजकुमार लघु, नेपाल राष्ट वैंकका पूर्व कार्यकारी निर्देशक भुबन कँंडेल, संस्थाका सल्लाहकारद्धय विश्वराम कवां, विष्णुभक्त मारिखूलगायतले सहकारी संस्थामा पैसा जम्मा गर्दा ध्यानदिनुपर्ने कुराहरुबा चर्चा गरे । संस्थाका उपाध्यक्ष सविनभक्त कायष्ठको सभापतित्वमा भएको कार्यक्रममा व्यवस्थापक सानुकाजी चिकंबञ्जार, डा चन्द्रकिरण कवांलगायतले बोल्नुभएको थियो । साधारणसभामा संस्थामा रहेका ६९ वर्षमाथिका ७५ जना बृद्धबृद्धाहरुलाई सम्मान गर्नुका साथै पौष्टिक आहार पनि वितरण गरिएको थियो । साधारणसभाको क्रममा संस्थामा सदस्य रहेका पीएचडी होल्डरहरुलाई पनि सम्मान गरिएको थियो । साधारणसभाको क्रममा विभिन्न साँंस्कृतिक कार्यक्रम पनि देखाइएको थियो । 

...

All Comments.......


Please Login/Register To Comments