भक्तपुर । ख्वप तीलगंगा आँंखा अस्पतालले सोमबार भक्तपुरमा स्थानीय योजना सल्लाह समिति (एलपीएसी) को बैठक बसेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा अस्पतालका इन्चार्ज धीरज अधिकारीले अस्पतालको प्रगति विवरण तथा भाबी योजनाबारे जानकारी गराए । उनले अस्पताल छिटै नै ख्वप अस्पतालको नवनिर्मित भबनबाट चौथो तल्लाबाट सेवा सुरु गर्ने तयारीमा रहेको सुनाए । हाल अस्पताल भन्दा माथिको श्वासप्रश्वासको कार्यालयको कोठाबाट सेवा प्रदान गर्दै आइरहेको छ । 
व्यवस्थापन समितिका अध्यक्ष प्रजापतिले जनताको सेवा गर्ने उद्देश्यले तुलनात्मक रुपमा अस्पतालले कम शुल्कमा सेवा दिइरहेको जानकारी गराए । बैठकमा तीलगंगा आँंखा अस्पतालबाट डा मोहनकृष्ण श्रेष्ठ, ख्वप अस्पतालका प्रतिनिधिहरु, पत्रकारलगायतको उपस्थिति रहेको थियो । 

...

All Comments.......


Please Login/Register To Comments