भक्तपुर । केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि.को ११ औं स्थापना दिवस तथा साधारण सभाको समिक्षा कार्यक्रम एक समारोहबीच तपाडम्फो नखाछेंमा सोमबार सम्पन्न भयो । 
कार्यक्रमका प्रमुख अतिथि संस्थाका सल्लाहकार रामकृष्ण प्रजापतिले समिक्षा भनेको साधारण सभाको निष्पक्षता र गम्भिरतापूर्वक गरिने विवेचना वा समालोचना भएको बताउँदै भुकम्प, नाकाबन्दी, कोरोना र अहिले आर्थिक मन्दिको स्थितिको बेला पनि सुव्यवस्थित रुपमा संचालन भएकोमा बधाई दिनुभयो । उहाँले अहिले सहकारीको समृद्धिको लागि स्मार्ट सेवा आवश्यक भएकोले मुनाफामा आधारित प्राविधिले निर्देशित सहकारीता मानवता सहितको सहकार्यको योगमा विश्वास गर्नुपर्छ भन्नुभयो । उहाँले सहकारी विकासका चरणहरु बारे बताउँदै जागरण तथा प्रेरणा, सशक्तिकरण र नेतृत्वको विकास, व्यवसायिकताको विकास, गुणस्तरीय सुनिश्चतता, श्रोतहरुमा पहुँच, स्तरीय कार्यसञ्चालन, सुशासन आदिमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सहकारीको समस्या समाधान गर्नका लागि संजीवनी बुटी भनेकोल समुदायमा आधारित क्रियाकलाप, शेयरपुँजी लगायत दीर्घकालिन पुँजी बृद्धि, धेरैजना संग थोरै पुँजी, वित्तिय विश्लेषणमा सुधार, सकारात्मक अभ्यासहरु, ऋण लगानीमा नियमसंगत र अनुगमन, सुशासन आदि रहेको बताउनुभयो । उहाँले सत्तचालीस प्रतिशत युवाहरु सहकारीमा आकर्षण घटेर गएकोले युवा सहभागीता र महिला सशक्तिकरणमा जोड दिनुभयो । उहाँले सहकारीमा सदस्यता बृद्धि, शेयरपुँजी, निक्षेप संकलन, ऋण लगानी, सीपमुलक तालिम, किसानको लागि विउ विजन र मलखाद, सहकारी खाद्य डिपो, उपभोक्ता भण्डार, लघुवित कार्यक्रममा ध्यान दिनुपर्ने बताउनुभयो । 
कार्यक्रम विशेष अतिथि रामकृष्ण छुस्यावागले एैना हुँदाहुँदै पानीमा अनुहार हेरेर बर्णण गर्नुको टुक नहुने बताउनुभयो । धरातल नविर्सिकन आकाश छुने चहाना राखे दुर्घटना नहुने बताउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष राजुभाइ तजलेको सभापत्विमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष साजन कसपालले स्वागत र संचालन प्रवन्धक दयाराम तजलेले पनि बोल्नुभएको थियो । 

...

All Comments.......


Please Login/Register To Comments