भक्तपुर । भक्तपुरका एक व्यक्तिले हराएको आफनो ५० हजार रुपैयाँं फिर्ता पाएका छन् । भेटाउने व्यक्तिले प्रहरीलाई रकम बुझाएपछि हराएको रकम प्रहरीमार्फत उनलाई फिर्ता मिलेको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार सोमबार दिउँसो अन्दाजी  साढे एक बजे भक्तपुर नगरपालिका ३ खौमाबाट भक्तपुर नगरपालिका ५ क्वाछेसम्म मोटरसाइकलमा जाने क्रममा भक्तपुर नगरपालिका ३ बस्ने दिपलप्रसाद कायस्थको.५० हजार (पाच सयको १ बन्डल) रकम बाटोमा खसी हराएको भनी परिसर भक्तपुरमा प्रमाणसहितको निवेदन पर्न आएको थियो ।
निवेदनपछि प्रहरीले खोज्दै जाने क्रममा भक्तपुर खशीबजारमा बस्ने स्थानीयले उक्त रकम भेटेर राखेको थाहा भएको भक्तपुर महानगरीय प्रहरी बृत्तका सुचना अधिकृत केशव कुमार थेवेले जानकारी गराए । प्रहरी उक्त ठाउँमा गएर भेटाउने व्यक्तिले प्रहरीलाई पैसा बुझाएका थिए । त्यसपछि उक्त रकम सम्बन्धित पैसा धनीलाई बुझाइएको थेवेले बताए ।

...

All Comments.......


Please Login/Register To Comments