काठमाडौं । स्वर्गीय सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार यसवर्ष वरिष्ठ पत्रकार लक्की चौधरीलाई प्रदान गरिने भएको छ ।
नेवाः पत्रकार राष्ट्रिय दबूको बुधबार बसेको सचिवालयको बैठकले यस वर्षबाट सो पुरस्कार हरेक वर्ष पुस १३ गते प्रदान गर्ने निर्णय गरेको अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले जानकारी दिनुभयो । स्वर्गीय श्रेष्ठको १ सय ८ औं जन्मजयन्तीको अवसरमा यही शुक्रबार एक समारोहको आयोजना गरी सो पुरस्कार प्रदान गरिने छ । पुरस्कारको नगद राशी २५ हजार रुपैयाको रहेको छ।
गृष्मबहादुर देवकोटाद्वारा लिखित नेपाली छापाखानाको इतिहास नामक पुस्तकमा वि.सं २००८ साल जेठ महिनामा नेपाल पत्रकार संघ स्थापना गरी नेपाली पत्रकारहरुलाई पहिलो पटक संगठित गर्ने त्यसको नेतृत्व गर्ने तत्कालीन नेपाल टुडेका सम्पादक स्वर्गीय श्रेष्ठ रहेको उल्लेख गरिएको छ। २०१२ साल चैत्र १६ गते नेपाल पुकारका तत्कालीन सम्पादक एवं सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराई उपाध्यायको नेतृत्वमा गठित नेपाल पत्रकार संघ २००८ सालमा गठित संघको पुनःगठन मात्र रहेको तर्क गर्दै आएको छ।२०१२ साल चैत्र १६ गते नेपाल पत्रकार संघ गठन गरिएको आधारमा अध्यक्ष भट्टराईलाई संस्थापक अध्यक्ष भन्ने गरिएको छ।
सोही आधारमा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको रुपमा स्थापित गर्न माग गर्दै पत्रकारहरुको संगठित इतिहासको पुनःलेखनको खा“चो औल्याउ“दै पत्रकार राष्ट्रिय दबूले एक दशकदेखि निरन्तर अभियान सञ्चालन गर्दै आएको पृष्ठभूमीमा सो पुरस्कार स्थापना गरिएको हो।सो दिशामा महत्वपूर्ण योगदान पु¥याए वापत पत्रकार चौधरीलाई सो पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।
 पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनील महर्जन संयोजकत्वमा गठित पुरस्कार छनौट समितिले चौधरीको नाउ“ पुरस्कारको लागि सिफारिश गरेको थियो।समितिले गरेको सिफारिशलाई सचिवालयले अनुमोदन गरेको हो।
पत्रकार चौधरीले २०७२ सालदेखि स्वर्गीय श्रेष्ठका बारेमा खोज गरी निरन्तर लेख, रचना लेख्ने र नेपाल पत्रकार महासंघको इतिहासलाई पुनःलेखनको बारे सार्वजनिक बहस र विमर्शको विषय बनाउन पु¥याउनुभएको योगदानको आधारमा सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको थियो।प्रेस काउन्सिल नेपालले २०७२ पुसमा प्रकाशित संहितामा इतिहास बांड्डिएको दुःखेसो,प्रेस चौतारी नेपालले २०७३ सालमा प्रकाशित गरेको पत्रिकामा नेपाली पत्रकारिताको बहस र यथार्थ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाट विसं २०८० भदौंमा महासंघको संस्थापक प्रकाशित सत्यनारायणबहादुर श्रेष्ठ गरी चौधरीका लेखहरु प्रकाशित छन्।चौधरीले विभिन्न सार्वजनिक बहसमा सो सम्बन्धी अनुसन्धात्मक कार्यपत्र प्रस्तुत गर्दै आउनुभएको छ।



...

All Comments.......


Please Login/Register To Comments