लेखकः एम चित्र शर्मा
((केटाहरु))
आहा ! हेर्न त्यो केटी एक्लै ,सुनसानमा हिँडेकी ।
कालो केस, पहिरन कुर्ता,  झोला चिटिक्क भिरेकी।
सोधौंला हामी अनुरोध गरि, आउ हिँड त्यहाँ जाऊँ।
मानिन भने म समात्छु हात तिमिहरू चाहिँ पाउँ।
((नजिक पुगेर))
ए मैया एक्लै नहिँड तिमी, यस्तो छ सुनसान।
कलिलो उमेर क्या राम्रो रूप गाई दिन्छु गुन गान।
((केटी आतिएर चाडै हिँड्छे))
ए नानी तिमी विस्तारै हिँड, भर है परेर।
जान्छौं हामी दोबाटो, तिमिलाई घर है छोडेर।
((केटी))
भैँ हाल्छ दाई म सँगै हिँड्छु, अन्जान भएनि ।
तिर्न सक्दिन यो तिम्रो सहयोग, गुन गान गायनि।
संस्कार घरको दैलोको घाममा, म जन्मि हुर्केकी।
म एउटी छोरी देवीको वरदान,  भनेर फुर्केकी ।
((केही बेरपछि केटाहरूले केटीलाई बोक्छन्))
((केटी डराउँदै))
ए मेरा दाई हो किन है बोक्छौ, मलाई यसरी।
चाल है फेरियो तिमी सबको, डर लाग्यो बेसरी।
घर जाने बाटो उता हो मेरो, का लग्न लागेको।
सुनसान रात जङ्गलको बाटो, के इच्छा जागेको।
((जङ्गल पुगेपछि))
((फटाहरू))
ल राखौं अब यो सम्म ठाउँमा, लम्पसार पारेर।
हात र पाउ च्याप पारी, वस्त्र है सारेर।
कलिलो उमेर धमिलो मुहार, क्या रूप मिलेको।
यो सुनसान ठाउँ लौ गर भनि, दैवले दिएको।
((केटी (रुँदै कराउँदै)))
दुख् योनि दाइ हो नगर यस्तो, छोडी देऊ मलाई।
कोपिला नै हुँ फुलेको छैन, वृक्षमा पलाई।
निसासिय म नन्याँक घाँटी, नगर यसरी।
अस्मिता मेरो लुट्दैछ किन,  दानव जसरी।
((फटाहरू))
गर्नेछ यसले बदनाम हाम्रो, खोलेर समाजमा मुख।
बदनाम हुनु भन्दा जाति छ मार्नुमा नै सुख।
((केटी))
खोलिने छैन यो मुख मेरो ,नढाँटी भन्छु म।
सुन्दर जीवनको यो पल बिर्सि, दिनचर्या गन्छु म।
((केटी मरेपछि))
((यमराज))
ल नानी हिँड फक्रिन नपाई, यो धर्ती छोडेर।
फलाउला तिमीलाई स्वर्गमा फेरि, राम्ररी गोडेर।
सुख नै  पाउछेउ तिमीले अब, स्वर्गमा गएर।
पाप नै रैछ जन्मिनु यहाँ, नारी भएर।
((केटीको आत्मा))
देहमा मेरो बाल्नेछन् अग्नि, ती अमृत आँसुले।
अस्मिता लुटि देह नै मारे, ती यौन पिपासुले।
हे यमराज दैव एकछिन पख, दया नै गरेर।
उठ्छन् आवाज दिनेछन् न्याय, सबै अघि सरेर।
((यमराज))
गल्ती नै गर्यौ हे नानी तिमी, जन्मेर यो ठाउँमा।
वर्षौँ देखि बढ्दैछ कुकर्म (रेप केस), यो तिम्रो गाउँमा।
अन्यायको अग्नि, आँसुको तेलमा, देह तिम्रो जल्नेछ।
धनको लोभ पावरको खेल, वर्षौ केस चल्नेछ।
शाशकको नयन धप्प छ हेरी गाडी, कार्पेट र घुस
भुल्नेछन् यो केस मौन छन् जनता गधाको राजमा, सिंहको यो देश ।

...

All Comments.......


Please Login/Register To Comments