भक्तपुर । भक्तपुर ब्यासी स्थित कासनमा अवस्थित छोलेश्वर महादेब कृषि सहकारी संस्था लि.को नवौं वार्षिक साधारण सभा शनिबार कालीघाट सत्तलमा सम्पन्न भयो । सो सभाको उदघाट्न भक्तपुर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष हरिराम सुवाल पानसमा दीप प्रज्वलित गरी गर्नुभयो ।कार्यक्रममा प्रमुख अतिथि हरिराम सुवालले भक्तपुर नगरमा नपाबाट नियमित अनुगमन गरिरहहेकाल र स्थानिय दाजुभाईबाट नेतृत्व गरेका समुदाय आधारित संस्थाको बाहुल्यता भएकोले एक दुइ वटा संस्थामा बाहेक अन्य संस्थामा तरलता समस्या छैन ।  एक दुइ वटा संस्थाहरु प्नि स्थानिय दाजुभाईहरुले अरुले चलाइरहेका संस्था किनेर चलाउदा बाहिरका बचतकर्ताहरुबाट बचतफिर्ताका लागि दवाब आएको बताउनु भयो ।
ििमत्र सहकारी संस्था ख्वप बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजकुमार लघुले सहकारी  भन्नेको साझा उद्देश्य प्राप्त गर्न अरुसंग मिलेर काम गर्नु हो । सहकारी सामुहिक ब्यवसाय उत्पादन प्रणाली हो । कालीघाट पुस्तकालयमा २००० हजार भन्दा पुस्तक रहेका छ । पुस्तकालयलाई इलाबेरीको रुपमा विकास गर्ने प्रयास भइरहेका चर्चा गर्दै पुस्तकालाय ज्ञानको सागर हो भन्नुभयो ।  छोलेश्वर साकोसका अध्यक्ष कृष्णकुमार राजचलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षासेवी बालमुकुन्द बासुकला, विष्णुभक्त राजचल,बिश्वमोहन जोशी प्रचण्ड प्रधान नला  जिल्ला कृषि सहकारी संस्थाका  रोहित गोर्खाली  छोलश्वर साकोसका उपाध्यक्ष श्यामकृष्ण बासुकलाले पनि शुभकामना ब्यक्त गर्नृभयो ।
दोश्रो सत्र बन्द शत्रमा संस्थाका सचिव दीपक बासुकलाद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष  पुण्यराम बासुकलाद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरियो । बन्द शत्रले श्यामकृष्ण बासुकलाको नेतृत्वमा ९ सदस्यीय सञ्चालक समिति सर्वसमितिले निर्वाचित गरियो । तुल्सीराम सुवालको नेतृत्वमा तीन सदस्यि लेखा समिति चयन गरियो । कार्यक्रममा शेयर सदस्य जीवन जोशीले पनि साधारण सभा  सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

...

All Comments.......


Please Login/Register To Comments