काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको बाह्रौं नगरसभाले भौतिक पूर्वाधार निर्माणलाई थप प्रभावकारी बनाउने गरी नगर सभा सम्पन्न भएको छ । पुस १३ गते सम्पन्न भएको नगरसभाले सञ्चालित भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिने निर्णय गरेको हो । 
गत असारमा चालु आर्थिक वर्ष २०८०÷८१ का लागि विनियोजित गरेको नीति, कार्यक्रम र बजेटको समिक्षा गर्दै चालु आर्थिक वर्षमा निर्धारित समयमा नै योजना सम्पन्न गर्ने गरी सभाले निर्णय गरेको नगरपालिका प्रमुख दीपक रिसालले बताउनुभयो । 
 चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेट कार्यान्वयनका बारेमा समिक्षा गरिएको,  चालु वर्षमा सञ्चालन गर्नुपर्ने योजना स्वास्थ्य संस्थाका भवन, सडक, पुल खानेपानी लागयतका भौतिक पूर्वाधार निर्माणको अवस्थाको बारेमा छलफल गरी योजना कार्यान्वयनमा अप्ठ्यारो परेका योजनालाई नगरपालिकाले थप सहजिकरण गर्ने गरी नगर सभाले निर्णय गरेको उहाँको भनाइ छ । 
नगरपालिकाले लक्ष्य अनुसारका नयाँ योजना कार्यान्वयनका गर्ने सम्बन्धमा पनि नगरसभामा व्यापक  छलफल भएको नगर सभाले पूर्वाधारकै क्षेत्रमा थप काम गर्ने गरी नगर सभाले निर्णय गरेको नगर प्रमुख रिसालले स्पष्ट पार्नुभयो । रिसालले भन्नुभयो,  “चालु आर्थिक वर्षमा सञ्चालित योजनालाई पहिलो प्राथमिकताको आधारमा पी वान र पी टु गरी योजना कार्यान्वयनमा उच्च प्राथमिकता दिएका छौं ।”
नगरपालिकाले खानेपानीका योजना प्रभावकारी कार्यान्वयन गर्ने गरी प्राथमिकता दिएको, मेलम्ची खानेपानी आयोजनाको पानी गोकर्णेश्वर नगरपालिका हुँदै जाने भएकाले मेलम्चीको पानी नगरबासीलाई सहज उपलब्ध गराउने गरी काम गरिरहेको छ । 
सबै वडामा खानेको व्यवस्था छ तर वडा नं. ९ मा मेलम्चीको पानी आउने ट्याङ्की नै भएकाले उक्त क्षेत्रमा खानेपानीको दुई करोड ५७ लाखको योजना रोकिएकाले उक्त योजनालाई नगरपालिकाले सहजिकरण गरेर अगाडि बढाइएको छ । 

नगरपालिकाले खानेपानी बाटो, स्वास्थ्य संस्थाको भवन लागयतका भौतिक पूर्वाधारलाई पहिलो प्राथकितामा राखेका छौं उहाँले भन्नुभयो, भौतिक पूर्वाधारको काम सम्पन्न भएपछि मात्र अन्य काम गर्ने योजना नगरपालिकाको छ ।
चालु बजेटमा फजुल खर्च कटौति गरिएको छ । स्वास्थ्य बीमालाई उच्च प्राथमिकता दिएको गोकर्णेश्वर नगरपालिकाले जनाएको छ । 

...

All Comments.......


Please Login/Register To Comments