भक्तपुर । नेपाल भारोत्तोलन सङ्घको आयोजनामा पुस २४ देखि २६ गतेसम्म भक्तपुरमा २६औँ, पुरुष तथा ११औँ महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिप हुने भएको छ । 
अन्तर्राष्ट्रिय भारोत्तोलन महासङ्घ, एसियन भारोत्तोलन महासङ्घ र नेपाल भारोत्तोलन सङ्घको नियम अनुसार सञ्चालन हुने प्रतियोगितामा विभागीय टोली र देशभरका गरी दुई सय ५० खेलाडीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जानकारी दिनुभयो । प्रतियोगिताले देशभरका खेलाडीको प्रदर्शनमा थप सुधार हुने अपेक्षा गरेको पनि अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
प्रतियोगितामा विभिन्न चार तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जसमा जुनियर तथा सिनियर पुरुषतर्फ ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२, १०९ र १०९ केजी माथि, यूथ पुरुषतर्फ ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२ र १०२ केजी माथि, जुनियर तथा सिनियर महिलातर्फ ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७ र ८७ केजी माथि र यूथ महिलातर्फ ४०, ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१ र ८१ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
मध्यपुर ठिमीमा हुने प्रतियोगितामा महिलातर्फ यूथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत र ९० कांस्य गरी कुल २७० तथा पुरुषतर्फ यूथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत र ९० कांस्यसहित २७० गरी कुल ५४० पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सम्पन्न गर्न ८६ लाख रुपियाँ लगानी हुने आयोजकले जनाएको छ । 
...

All Comments.......


Please Login/Register To Comments