ललितपुर, कोन्ज्योसोम पुस १६ गते । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले गर्भवती महलिालाई पहिलो र अन्तिम भेटमा आठौँ प्रोत्सान स्वारुप दुई पटक गी दुई सय रुपियाँको मोबाइल रिचार्ज उपलब्ध गराउने भएको छ । गर्भवती महिलालाई स्वस्थ्य जाँच गर्न उत्प्रेरणा स्वारुप गाउँपालिकलो उक्त नीति कार्यान्वयन गर्न लागिएको हो । 
 गाउँपालिका अध्यक्ष कृष्णमान लामाले गाउँपालिकाले गर्भवती महिलाको प्रोत्सानका लागि रिचार्ज उपलब्ध गराउन लागिएको बताउनुभयो । उहाँका अनुसार संभव भएसम्म पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय गरी प्रत्येक वडामा वर्षमा एक हत्ताको विशेषज्ञ सेवा उपलब्ध गराउने, बालविबाह न्यूनिकरण गर्नका लागि प्रोत्सानको व्यवस्था गर्ने, वीग स्कूलको अवधकारणालाई कार्यान्वयन गर्ने नीति गाउँपालिकाले कार्यान्वयन गर्न लागिएको अध्यक्ष लामाले बताउनुभयो । 
त्यस्तै विषयगत शिक्षक दरबन्दीको व्यवस्था गर्ने, जनताको घरदैलोमा पुगेर  सेवा प्रवाह गर्न संभव भएसम्म प्रत्येक वडामा वर्षको एक पटक एकीकृत घुम्ति शिविर सञ्चालन गर्ने गरी योजना बनाएको गाउँपालिकाले जनाएको छ । 
२०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि गाउँपालिकाले सामाजिक विकासतर्फ सेवाग्राही मैत्री नीति बनाइ कार्यान्वयन गर्दै आएको छ । गाउँपालिलाई समृद्धि र गाउँबासीलाई सुखी बनाउने नीति गाउँपालिकाले अबलम्बन गर्दै आएको कोन्ज्योसोम गाउँपालिकाले जनाएको छ । 

...

All Comments.......


Please Login/Register To Comments