भक्तपुर । भक्तपुर नगरपालिका पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा सुकुढोकादेखि इनाचोसम्म रहेको मासु पसलहरु मंगलबार अनुगमन गरियो । स्थानीयहरुको मासु पसल सुधार र पुरानै मानसिकताबाट संचालन हुन्दा पसल फोहर देखिएको, व्यवस्थित नभएको बताउनुभयो । 
अनुगमनमा सराज फिश हाउस दर्ता प्रमाणपत्र पसलमा नभएकोले तीन दिन भित्र प्रमाणपत्र लिई कार्यालयमा उपस्थित हुने र साइनबोर्डमा मेराज फिश हाउस भएकोले दर्ता गरे अनुसार साइनवोर्ड मिलाउन, सरसफाईमा ध्यान दिन, मुल्य सूचि राख्न, एप्रोन सेतो प्रयोग गर्न, प्रयोग गरेको पानी बाटोमा नआउने गरी निकास व्यवस्थित गर्न, पेटी र पेटीमुनि सामान नराख्न निर्देशन दिई तराजु नविकरण नभएकोले १ थान जफत गरियो ।
त्यस्तै न्यू माधव फिस हाउसमा सरसफाईमा ध्यान दिन, मुल्य सूचि राख्न, एप्रोन सेतो प्रयोग गर्न, प्रयोग गरेको पानी बाटोमा नआउने गरी निकास व्यवस्थित गर्न, पेटी र पेटीमुनि सामान नराख्न निर्देशन दियो । त्यस्तै जय भिमसेन मासु पसल दर्ता नभएकोले त्यहिं दर्ता गराएर तराजु नविकरण गर्न, सरसफाईमा ध्यान दिन, एप्रोन सेतो प्रयोग गर्न निर्देशन दियो । 
त्यस्तै सिद्धिगणेश मासु पसल नविकरण गर्न, सरसफाईमा ध्यान दिन, मुल्य सूचि राख्न, एप्रोन सेतो प्रयोग गर्न, भुई, भित्ता पानी नसोसिने र सजिलै सफा गर्न मिल्ने गरी कार्पेट वा टायल राख्न, प्रयोग गरेको पानी बाटोमा नआउने गरी निकास व्यवस्थित गर्न निर्देशन दिई तराजु नविकरण नभएकोले १ थान जफत गरियो ।
त्यस्तै दोलखा भिमसेन मिट सप न्युनतम मापदण्ड पुरा नगरी पसल संचालन भएकोले सरसफाईमा ध्यान दिन, मुल्य सूचि राख्न, एप्रोन सेतो प्रयोग गर्न, भुई, भित्ता पानी नसोसिने र सजिलै सफा गर्न मिल्ने गरी कार्पेट वा टायल राख्न, पसल नविकरण रसित सहित तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिई तराजु नविकरण नभएकोले १ थान जफत गरियो ।
त्यस्तै इनाचो मिट सप दर्ता नभएकोले त्यहि दर्ता गराएर सरसफाईमा ध्यान दिन, मुल्य सूचि राख्न, एप्रोन सेतो प्रयोग गर्न, तराजु नविकरण गर्न, प्रयोग गरेको पानी बाटोमा नआउने गरी निकास व्यवस्थित गर्न निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनु भयो ।  
अनुगमनमा भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य श्यामकृष्ण खत्री, रोशमैया सुवाल, ज्ञान बहादुर मानन्धर, भनपा श्यानिटेशन उपशाखाका प्रमुख दिलिप कुमार सुवाल,  व.नि. रामकृष्ण प्रजापति, जिल्ला प्रशासन कार्यालय, भक्तपुरका हरिहर काफ्ले, पशु सेवा शाखा भक्तपुरका पार्वती योञ्जन, राष्ट्रिय उपभोक्ता मञ्चबाट लक्ष्मी भण्डारी, भक्तपुर धरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, भक्तपुर उद्योग बाणिज्य संघका राजेश त्वानावासु, महानगरीय प्रहरी प्ररिसरका रेशम बस्नेत र भनपा कर उपशाखाका न्हुज किजुको सहभागी रहेको थियो ।

...

All Comments.......


Please Login/Register To Comments