भक्तपुर । कमल विनायक बचत तथा ऋण सहकारी संस्थाको १६ अाैं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशन नगांचा बासुरी बाजा खलको सुमधुर धुन सहित उद्घाटन शनिबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि तथा भक्तपुर नगरपालिका वडा नं १० का अध्यक्ष लक्ष्मीप्रसाद ह्योमिखाले जनताको खाइनखाइ जम्मा गरेको बचत रकम फिर्ता लिन नसक्दा सदस्यहरूको समुदायमा आर्थिक तथा सामाजिक समस्या भएको बताउँदै भक्तपुर नगरपालिकाले सहकारी ऐन २०७४ अनुुसार सहकारीहरूको अनुगमन र तालिमहरु संचालन गरिरहेको बताउनुभयो । उहाँले समाजको सेवा भन्दा व्यक्तिगत स्वार्थ पूर्तिमा प्रदेश सरकारलाई कमिसन दिएर समुदाय बाहिरका सहकारी संचालकहरु लागिपरेको जानकारी दिँदै कोरोनाकालमा जनताले भक्तपुर नगरपालिकामा गरेको सहयोगबाट निःशुल्क रूपमा अक्सिजन प्रयोग गर्न सकेको बताउनुभयो । सोही कार्यक्रममा आफ्नो अस्तित्व र पहिचान बचाउन पुर्ख्याैली सम्पत्ति बेचविखन गरेमा प्यालेस्टाइनको नियति भोेग्नुपर्ने बताउँदै सदस्यहरूको समस्यालाई सहजीकरण गर्न समुदायको सहकारीमा मात्र आर्थिक कारोबार गर्न जोड दिनुभयो । उहाँले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण तथा खेलकुद लगायत सहकारीका विभिन्न गतिविधिको बारेमा जानकारी दिँदै व्यवहारिक ज्ञानले बाैद्धिक र सामाजिक स्तर उकास्न सहकारीले सहयोग गर्ने बताउनुभयो । भक्तपुर जिल्ला बचत संघका प्रतिनिधि सन्तोषी खतिवडाले बाहिरी सहकारीको बढ्दो व्याजको लोभमा देेखिएको समस्यामा समुदायको सहकारीमा बचत फिर्ता लिन आउँदा सामाजिक समस्या निम्त्याएको बताउँदै विकासोन्मुख देशको आर्थिक समृद्धिको लागि सहकारीको आवश्यकता रहेको बताउनुभयो । संस्थाको सचिव सुनिल मगजूले संस्थाले आर्थिक गतिविधि मात्र नगरी सदस्यहरूको सामाजिक तथा सांस्कृतिक उत्थानमा लागिपरेकाे र सामूहिक सदस्यहरूको हितमा लाग्ने संस्थामा मात्र कारोबार गर्नुपर्ने बताउँदै वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थाका कोषाध्यक्ष नारायण प्रसाद ह्याैमिखाले बजेट निर्माण तथा कार्यान्वयन नीति कार्यक्रम प्रस्तुत गर्दै आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । लेखा सुपरिवेक्षण समितिका संयोजक रमेश माकजूले संस्थाको आर्थिक विश्लेषण, ऋण लगानी व्यवस्थापन, कर्मचारी व्यवस्थापन तथा संस्थाको लागि सुझावहरू प्रस्तुत गर्नुभयो । संस्थाका अध्यक्ष तथा सभापति कृष्णप्रसाद लाखाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष ज्ञानकुमार मगजू लगायत सल्लाहकार राजाराम तजलेले समेत बोल्नुभयो । ११ जना जेष्ठ सदस्यलाई दोसल्ला अोदाई मायाको चिनो सहित सम्मान गरिएको उक्त कार्यक्रममा ३८ जना असल बचतकर्ताहरू मध्य सरिता दुवाल, विष्णु जरेजू, ज्ञानभक्त मगजू, ३८ जना असल बाल बचतकर्ताहरू मध्य अदिस दुवाल, अनुज मगजू, समिरा ज्ञामरु तथा असल ऋणी ११ जना मध्य राजाराम सिमाछ्वालाई गोलाप्रथाद्वारा प्रमाणपत्र र उपहार प्रदान गरिएको थियो । साथै १० सदस्यलाई चिठ्ठा प्रदान उक्त कार्यक्रममा शेयरसदस्यहरूको उल्लेख्य सहभागिता रह्यो । बन्द सत्र कार्यक्रममा सुनिल मगजूको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति र पूण्यराम माकजूको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरिएको छ ।...

All Comments.......


Please Login/Register To Comments