भक्तपुर, पुस २६ । भक्तपुर नगरपालिकाभित्र सञ्चालित विद्यालयका प्राथमिक तहका शिक्षकहरूको लागि भक्तपुर नगरपालिकाको आयोजनामा प्रभावकारी शिक्षण कला विषयक एकदिने शिक्षण कला र क्षमता अभिवृद्धि तालिमको उद्घाटन भक्तपुर नगरपालिका ९ नं. वडाका वडा अध्यक्ष तथा नगर शिक्षा समितिका सदस्य रविन्द्र ज्याख्वले गर्नुभयो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले नयाँ पुस्तालाई सक्षम र इमान्दार बन्न शिक्षा प्रदान गर्नुका साथै देशभक्त बनाउनुपर्नेमा जोड दिनुभयो । भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्र नगरपालिकाको जिम्मेवारीमा आएपछि आधारभूत तहको शिक्षाको स्तर उठाउनेतिर महत्वपूर्ण ध्यान दिइरहेको जानकारी गराउँदै सामुदायिक र संस्थागत विद्यालयमा अध्ययन गर्ने प्रत्येक विद्यार्थीको शैक्षिक स्तर उठाउनु नगरपालिकाको जिम्मेवारी रहेको बताउनुभयो ।

उहाँले भक्तपुर नगरमा देशभरीका विद्यार्थीहरू अध्ययन गरिरहेको उल्लेख गर्नुहँदै भक्तपुर नगरको मात्र नभई जिल्ला र देशकै शैक्षिक स्तर वृद्धि गर्न र भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउन भक्तपुर नगरपालिका लागिपरेको र कक्षा ८ को आधारभूत शिक्षा परीक्षा २०७४ सालदेखि नै र कक्षा ५ को वार्षिक परीक्षाकक्षा १० को एसइइ तयारी परीक्षासमेत भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको प्रष्ट पार्नुभयो ।

भक्तपुर नगरपालिका शिक्षा शाखाका अधिकृत साधुराम फुयालले शिक्षण पेशालाई जागिरको रूपमा मात्र नलिई देश जोगाउने पेशाका रूपमा पनि लिनुपर्ने र तालिमबाट प्राप्त सिप र ज्ञानलाई विद्यालय र आ–आफ्नो क्षेत्रमा पनि प्रयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका सभापति तथा विद्यालय अनुगमन तथा प्राविधिक सहयोग समितिका सदस्य ज्ञानसागर प्रजापतिले तालिम प्रभावकारी हुने र तालिमले शिक्षकहरूलाई अझ काम गर्ने जाँगर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो भने समितिका सदस्य राजेन्द्रप्रसाद श्रेष्ठले पनि तालिमबारे विचरा राख्न्नुभएको थियो।

तालिमका सहजकर्ता दिनानाथ श्रेष्ठ र गोविन्द न्यौपाने हुनुहुन्छ ।


...

All Comments.......


Please Login/Register To Comments