भक्तपुर । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् भक्तपुर क्षेत्र नं. २ का पूर्व सांसद महेश बस्नेतले भक्तपुरमा विकासको काम गर्दा आफूमाथि पानीको बोतल र ढुंगा प्रहार भएको बताएका छन् ।
भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको १२ औं राष्ट्रपति रनिङ शिल्डको पुरस्कार वितरणमा उनले सो कुरा बताएका हुन् । 
भक्तपुरको सूर्यविनायक गणेश मन्दिर परिसरको भलिबल खेल मैदानमा आयोजित पुरस्कार वितरण तथा भलिबलको फाइनल खेलमा पूर्वमन्त्रीसमेत रहेका उनले आफू भक्तपुर क्षेत्र नं. २ मा संघीय सांसद हुँदा भक्तपुरको हरेक क्षेत्रको विकासका लागि लागिपरेको उल्लेख गरे । उनले विकासको काम गर्दा आफूमाथि विभिन्न किसिमले प्रहार भएको बताए ।
उनले भक्तपुरको सूर्यविनायकको चित्तपोलमा अन्तर्राष्ट्रिय रंगशाला बनाउने योजना अघि बढाउने क्रममा स्थलगत अनुगमनमा जाँदा अमूक पार्टीका समर्थक र व्यक्तिहरुबाट मिनरल वाटरको बोतल र ढुंगा प्रहारको प्रयास भएको उल्लेख गरे । सोही कारण उक्त क्षेत्रमा अन्तर्राष्ट्रिय रंगशाला नबनेको उनले बताए । सोही कारण भक्तपुर अहिले विकासमा पछि परेको बताउँदै उनले सो रंगशाला रोक्नेहरु बेइमान र बदमास भएको टिप्पणी गरे ।
...

All Comments.......


Please Login/Register To Comments