भक्तपुर । भक्तपुर नगरका घरघरमा एकाविहानै फोहोर लिन आउने सवै गाडीहरुले बजाइ ल्याउने गीत हो, विश्व सम्पदा जोगाउने हाम्रो रहर........। यही गीतका रचयिता अर्थात् लेखक आइतबार भक्तपुरमा सम्मानित भएका छन् । सिद्धिगणेश सहकारी संस्था लिमिटेड चोर्चा भक्तपुरको ३० स्थापना दिवसको अवसरमा उनलाई सम्मान गरिएको । उनलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमामान विजुक्छेंले दोसल्ला ओढाई सम्मानपत्र र नगद रु २५ हजार सहित सम्मान गरेका हुन् । उनीसँंगै संस्कृतिविद हरिराम जोशी पनि सम्मानित भए ।  
को हुन् नारायणकृष्ण आचार्य ?
साहित्यकार, गीतकार एवं पुर्व एस.एस.पी नारायणकुमार आचार्य, पिता स्व.श्रीअमृतलाल आचार्य र माता श्री सितलादेवी आचार्यका माइलो छोराको मिति २०१०साल भाद्र ३ गते कलैया न.पा.वडा न १ वारा जिल्लामा भएको थियो । उहाँको  विवाह श्रीमती गुह्येश्वरी आचार्यसगं भएको थियो । उहाँहरुवाट छोराहरु डा.निभिषकुमार र डा.प्रशन्नकुमार गरी दुई छोराहरु रहेका छन ।हाल उनको गोकर्णेश्वर न.पा. वडा नं.५ चामुण्डा देवीस्थानमा स्थायी ठेगाना रहेको छ ।अध्ययनको शिलशिलामा उहाँले वि.स.२०७१मा सोसियोलोजि विषयमा एम.ए गरेका छन ।
     वि.स २०२६ सालमा पहिलो रचना कवितावाट साहित्यिक लेखन यात्राको प्रारम्भ गरेका थिए । त्यसैगरी २०३० साल भदौ ११ गते नेपाल प्रहरी सेवामा अ.स.ई पदमा नियुक्त भएका थिए र २०६२ साल भाद्र११मा एस.एसपी पदमा आवकाश प्राप्त गरेका थिए उहाँले विभिन्न समयमा टे«निङ,वर्कशपहरुमा सहभागिता जनाउनु भएको थियो। उहाँका विभिन्न लेख ,रचनाहरु विभिन्न समयमा विभिन्न प्र्रकारका पत्रपत्रिकाहरुमा प्रकाशित भएका थिए।उहाँको मिति २०५७÷१÷१५ गते (मेरी आमा) पहिलो क्यासेट, सी.डी र (मन भित्रका आवाजहरु) कविता संग्रह एकै पटक लोकार्पन भएको थियो,त्यसैगरी क्रमश २०५७÷१२÷१९ र २०६१÷१÷०५ गते (तिम्र्रो सम्झना र मन भित्रका आवाजहरु) क्यासेट सी.डीहरु विमोचन भएका थियो । स्कुले जिवनदेखि नै कविता र गीताहरु प्रकाशित गदै आउनु भएको सम्मानित आचार्य विभिन्न समयमा अन्य आधुनिक गीतहरु नेपालको संगित जगतमा एकमाथि अर्को ईटा थप्दै जाने कार्यमा व्यस्त रहनु भयो । भक्तपुर वासीको मन मस्तिष्कमा  वातावरणीय रुपमा गुँञ्जिन पुगेको गीत (विश्व सम्पदा जोगाउने हाम्रो रहर,कला संस्कृतिले सुसज्जित यो शहर,यो नगर भक्तपुर,नेपालीको धरोहर ।)वोलको गीत उहाँले२०५६÷५७ साल तिर भक्तmपुरमा जिल्ला प्रहरी कार्यलय भक्तपुरको सुरक्षा प्रमुख(एस.पी) भई काम गर्दा यो गीत लेख्नु भएको थियो 
     उहाँको विभिन्न संघ संस्थाहरुमा आवद्धता रहेको छ । साथै विभिन्न जिल्लाको भ्रमणका साथै विभिन्न अन्य राष्ट्रहरुको पनि भ्रमण गर्नुभएका छन । उहाँँले सन १९९२ मा युएन मिसनमा पनि सहभागिता जनाउनु भएको थियो । उहाँको विभिन्न  श्रेत्रहरुको सहभागिताका साथ प्रशिद्ध गोर्खा दक्षिण वाहु चौथा, लंग पुलिस सर्भिस मेडल, नेचुरल डिजास्टर रिज्युम मेडल र युएन मेडल आदिवाट मानपदवीहरुवाट पुरस्कृत भएका थिए । साथ साथै प्रहरी सेवामा कार्यरत रहदा सेवा निवृत भईसक्दा पनि विभिन्न संघ÷संस्थाहरुवाट पुरस्कार,सम्मान र प्रशंसा पत्रहरु प्राप्त गर्नु भएका छन ।

...

All Comments.......


Please Login/Register To Comments