काठमाडौँ तीन चरण गरेर खेल्न पाइने क्यानोपी जिपलाइनको कुल लम्बाइ करिब ४ सय मिटर छ । सबै चरणको क्यानोपी जिपलाइन खेल्न करिब १० देखि १५ मिनेट लाग्छ । जिपलाइन खेल्दा गरिने अनुभुति अनुसार पहिलो चरणलाई ‘एड्भेञ्चर’, दोस्रोलाई ‘डेयर डेभिल्स’ र तेस्रोलाई ‘द फन’ नामाकरण गरिएको छ । जिपलाइनका क्रममा मन्जुश्रीले काटेको चोभारको आकर्षक गल्छी, जलबिनायक मन्दिर, चोभारको गुम्बा, नवनिर्मित सुख्खा बन्दरगाह, चम्पादेवी र चन्द्रागिरी डाँडा, काठमाडौँ तथा ललितपुरका सुन्दर दृश्यावलोकन गर्न सकिनेछ । टेकअफ टावरबाटै सुन्दर हिमशृङ्खला देख्न सकिन्छ । तीन चरणकाे जिपलाइनको खेल्ने र फोटो भिडियो सहितको प्याकेजको प्रतिव्यक्ति शुल्क १५ सय रुपैयाँ रहेको छ । टेण्डम (जोडी) जिपलाइनको मज्जा २ हजार रुपैयाँमै लिन सकिन्छ । भने विद्यार्थीहरूलाई(परिचय पत्र सहित) १० प्रतिशत र किर्तिपुर नगरपालिकाको वडा नम्बर ६ का स्थानीयले सबैखाले जिपलाइनमा २५ प्रतिशत छुट पाउनेछन् । कम्पनीले चोभारमा एडभेञ्चर हब नै बनाउने गरी परियोजना विकास गर्दैछ । चोभारमा ग्लास ब्रिजमा बञ्जी र स्विङ, स्काइ साइक्लिङ लगायत अन्य एड्भेञ्चरसँगै होटल तथा बिग सिनेमाको निर्माण छिट्टै सुरू गर्ने तयारीमा रहेकाे सञ्चालक समिति का प्रदिप चाैलागाइ ले जानकारी दिनुभएकाे थियाे । याे क्यानोपी जिपलाइन दैनिक ३ सयदेखि ३५० जनासम्मले खेल्न सक्छन् । जिपलाइन हरेक दिन बिहान १० बजेदेखि साँझ ५:३०बजेसम्म सञ्चालन हुन्छ ।...

All Comments.......


Please Login/Register To Comments