काठमाडौं, २ माघ । तामाङ सेलो गीतसंगीतका चर्चित सर्जक सञ्जि वाईवाको नयाँ गीत ‘सोल्टिनी हजुर’को गीत र म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आनभि प्रोडक्सनको प्रस्तुती एवं युट्युव च्यानलबाट सार्वजनिक ‘सोल्टिनी हजुर’को गीतमा आवाजका साथै रचना र संगित पनि स्वंम वाइवाकै रहेको छ ।

अभि लामाको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा स्वयं अभि लामा, अनिता गोले, विकास आचार्य, सन्देश तामाङ, सुनिल मगर, साहिल थापा, र आशीको अभिनय देख्न सकिन्छ । विगत २ दशकभन्दा बढी समयदेखि तामाङ भाषा तथा तामाङ सेलो गीतसंगीतमा लगातार समर्पित वाईवाका अधिकांश सिर्जना चर्चित रहेका छन् ।

...

All Comments.......


Please Login/Register To Comments