भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा शुक्रवारदेखि तीन दिने पावर प्वाइन्ट तालिम सुरु भएको छ । 
कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले संस्थाले दिइरहेका हरेक तालिमले व्यक्तित्वलाई निखार्ने भएकाले यो तालिमबाट पनि प्रविधिको सही प्रयोग गरी व्यक्त गर्नुपर्ने कुरालाई परिष्कृत बनाउनुपर्ने बताउनुभयो । उहाँले संस्थाको हरेक सूचनालाई सदस्यहरुमाझ खुलस्त रुपमा बुझाउन सकेमात्र संस्थाप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुने भएकाले यस तालिमले प्रविधिसँगै सक्षम व्यक्तित्व तयार हुने अपेक्षा गर्नुभयो ।
उपसमितिका संयोजक कृष्णश्वरी दुवालले सिक्ने र सिकाउने कार्यमा यस तालिमले मद्दत गर्ने बताउनुभयो । उहाँले प्रविधि र सूचनाको चरम विकास भैरहेको आजको अवस्थामा यो तालिम महत्वपूर्ण भएको बताउनुभयो ।
समिति, उपसमिति, कर्मचारी लक्षित यस तालिममा आयोजक समितिका सदस्य विमला कुसीले पनि बोल्नुभएको थियो । प्रशिक्षकद्वय जित बहादुर देउजा र श्रवण श्रेष्ठले तालिम दिनुभएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments