समाजका पथप्रदर्शक अनि मार्गनिर्देशक शिक्षकहरु समाज रुपान्पतरणको अभियानमा हुन्छन् । आफ्नो र परिवारको भविष्यभन्दा विद्यार्थीहरुको भविष्य निर्माण गर्न सदैव क्रियाशील शिक्षकहरुलाई हाम्रो समाजले खासै महत्व दिएको देखिदैन । अमिर व्यक्त अनि मन्त्री र नेतालाई अनावश्यक सम्मान गर्ने हाम्रो समाज अभिमुखि बनिरहेको छ । आर्थिक रुपमा जिविकोपार्जन मात्रै गर्दै आएका शिक्षकहरु व्यापारी, मन्त्री अनि नेताको तुलनामा आर्थिक रुपमा कमजोर होलान तर बौद्धिक रुपमा अब्बल छन् । सामुदायिक विद्यालयका शिक्षकहरुले त सरकारी तलब स्केलदेखि उपदान अनि सरकारी सेवा सुविधा पनि पाउँछन् । तर संस्थागत विद्यालयमा दशकौंदेखि कार्यरत शिक्षकहरुको वर्तमान नै अन्यौलग्रस्त देखिन्छ । उनीहरुको भविष्यको त के कुरा गर्नु । कुनै उपदान, संचयकोष, सेवासुविधा छैन् । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले गणना नै नगरेका शिक्षकहरुको व्यथा कसले सुन्ने अनि बुझने होला ? स्थानीय सरकारका प्रतिनिधिहरु सामुदायिक स्कुलको स्तरोन्नति गर्दै कार्यक्षमता मूल्याकंनको आधारमा पदोन्नति र सम्मान गरिरहेको छन् । तर शिक्षाको गुणस्तर कायम गर्दै पालिका र जिल्लाको नाम र इज्जत बढाउन निरन्तर क्रियाशील संस्थागत विद्यालयमा अध्यापनरत शिक्षकहरुको स्थानीय पालिकाले किन गणना गर्दैन ? कथंकदाचित मूल्याकंनपछि सम्मान गरि हालेमा स्कुलको अध्यक्ष वा प्रिन्सिपललाई सम्मान गरिन्छ । काम गर्ने कालु मकै खाने .............. भने झैं भइरहेको छ । यस्तो अवस्था कहिले सम्म हो ? राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र अनि गणतन्त्र जे व्यवस्था ल्याएपनि संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुको कथा व्यथा कहिले सम्म यस्तै रहने हो ? 
जीवन श्रेष्ठ, नविना अधिकारी, शिव प्रजापति र साथीहरु
मध्यपुर थिमि, भक्तपुर ।

...

All Comments.......


Please Login/Register To Comments