साँंखु । प्रत्यके वर्ष माघ महिनामा काठमाडौंको साँंखुमा लाग्ने एकमहिने श्री स्वस्थानी ब्रतकथा तथा शालिनदी मेलाको तयारी पूरा भएको जनाएको छ । प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म लाग्ने मेलाको तयारी पूरा भएको जनाएको हो । यो वर्ष माघ ११ गते बिहीबारदेखि मेला लाग्दैछ । 
श्री माधव नारायण स्वस्थानी व्रत तथा सालिनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले मंगलबार मेलास्थलमा गरेको पत्रकार सम्मेलनमा मेलाको तयारी पूरा भएको जानकारी गराए । यो वर्षको मेलालाई सम्भ र भव्य रुपमा सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा गरेको अध्यक्ष श्रेष्ठले जानकारी गराए । यो वर्ष पनि देशका विभिन्न भागहरुबाट एक महिनाको अवधिमा २० देखि २५ लाख भक्तालु मेला भर्न आउने अनुमान उनले लगाए । 
भक्तजनहरुको सेवा सुविधालाई मध्यनजर गर्दै सार्वजनिक यातायातको सम्बन्धमा शालिनदी यातायात प्रा.लि बाबागोकर्णेश्वर प्रा.लि. द्वारा सञ्चालित बसहरु जस्तोसुकै अवस्थामासमेत सेवा दिन तयार रहेको उनले सुनाए । व्रतालु व्यवस्थापन सम्बन्धमा व्रत बस्न साँखु आउने व्रतालुहरुको सेवाको लागि सवैभन्दा पहिले लगत संकलनको लागि नामदर्ता एवं स्थान व्यवस्थापन गरिएको र हालसम्म एक सय ९८ जना भएको उनले जनाए ।
मेला आयोजना हुने शंखरापुर नगरपालिकाका मेयर रमेशनाथ नापितले मेलालाई सभ्य र भव्य रुपमा सुसपन्न गर्न मुल समिति र विभिन्न उपसमितिहरु गठन गरिएको जानकारी गराए । यातायात, सुरक्षा, टाफिक, फोहोरमैलालगायतका विभिन्न उपसमितिहरु गठन गरी काम गर्ने उनले जनाए । 
शान्ति सुरक्षा सम्बन्धी व्यवस्थापनमा शालिनदी परिसरभित्र विभिन्न ठाउँमा सीसी टिभी क्यामेराको व्यवस्था मिलाउने प्रबन्ध गरिएको छ । साथै सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी एवं महानगरीय प्रहरी प्रभाग साँखु अन्तर्गत विशेष प्रहरी टोली परिचालन गर्ने निर्णय गरिएको छ ।
इलाका प्रहरी कार्यालय शाखुँंकी प्रमुख सीता परियारले सुरक्षाको सम्पूर्ण प्रबन्ध मजबुत् हुने जनाइन् । मेलामा हुनसक्ने सम्भावित झैझगडा, लुटपाट, सिक्री चोरी, पकेटमार नियन्त्रणलगायतका लागि सम्पूर्ण सुरक्षा दस्ता तयारी अवस्थामा रहेको उनले जनाइन् । यसका लागि प्रहरीको हेल्प डस्क पनि रहने उनले सुनाइन् । साथै एक सय भन्दा वढी प्रहरी खटिने जानकारी गराइन् । साथसाथै सादा पोशाकमा पनि प्रहरी परिचालित हुने उनले बताइन् । साथसाथै ब्रतको क्रममा स्नान गर्ने महिलाहरुको फोटो, भिडियो खिच्न मनाही गरिने पनि उनले जनाइन् । 
नेपाल संवतको आठौं शताब्दीदेखि सुरु भएको विश्वास गरिने एक महिने माधवनारायण ब्रत एवं मेला हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्छ । स्वस्थानी व्रत कथाको भूमिका खण्डमा उल्लेख भए अनुसार यसका कथयिता स्कन्द अर्थात् कुमार हुन् र प्रथम श्रोता अगस्त्य मुनि । स्वस्थानी कथाबारे गरिएका अनुसन्धानहरूले यसलाई स्कन्दपुराणको केदारखण्ड, माघ माहात्म्यबाट उद्धृत गरिएका हुन भन्ने मान्यता छ । साथै यो पार्वतीले भगवान शिवलार्य पतिको रुपमा पाउँं भनी ब्रत बसेको भन्ने आधार पनि चर्चित छ । जनाइए अनुसार वर्षमा यही एक महिनामात्रै माधबनारायणको प्रत्यक्ष दर्शन गर्न पाउने व्यवस्था छ । 

...

All Comments.......


Please Login/Register To Comments