भक्तपुर । वागीश्वरी कलेज कमलविनायक तौलाछेंको गुणस्तर सुनिश्चितता एवं प्रत्यायनको लागि विश्वविद्यालय अनुदान आयोगको समकक्षी परीक्षण टोलीले माघ ७, ८,९ र १० गते लगातार गरेको कलेजको अनुगमन सम्पन्न भएको छ । 
समापन कार्यक्रममा टोलीका संयोजक प्रा.डा. प्रेमराज पन्तले वागीश्वरीलाई नजिकवाट नियालिरहेको बताउ“दै पछिल्ला २ वर्षमा कलेजले सबैको साझा प्रयासबाट फड्को मारेको विचार व्यक्त गर्नुभयो । 
गुणस्तरको सुनिश्चितता एकचोटिको प्रयासले मात्र नहुने भन्दै उहा“ले भन्नुभयो –‘गुणस्तर एउटा निरन्तरको प्रक्रिया हो† सेवाग्राही विद्यार्थी र समुदायलाई सन्तुष्ट पार्दै चरित्रवान जनशक्ति उत्पादन गरी त्यसले समाजलाई पु¥याउने योगदान नै कलेजको वास्तविक गुणस्तर हो भन्नुभयो । 
कमी कमजोरी नभएको कुनै संस्था ह“ुदैन यद्यपि संस्थालाई थप राम्रो बनाउन हामी सुझाव दिने गछौ“ भन्दै उहा“ले आगामी दिन समयतालिका बनाई योजनाबद्ध ढङ्गले कार्य गर्न सुझाव दिनुभयो । 
कलेज व्यवस्थापन समितिले छुट्याएको अनुसन्धानको बजेट सदुपयोग गर्न विशेष जोड दिंदै उहा“ले अनुसन्धानविना कलेजको महŒव नहुनेमा प्रकाश पार्नुभयो । 
गुणस्तरस“ग सम्बद्ध कलेजका विभिन्न पक्षस“गै अन्तक्र्रिया गर्दा सबैबाट आफूहरुले सकारात्मक पाएको चर्चा गर्दै उहा“ले भन्नुभयो– ‘विगतबाट पाठ सिक्दै भविष्यलाई उत्साहित गरेर हामी अघि बढ्नुपर्छ । ’
कार्यक्रमका सभापति कलेज व्यवस्थापन समितिको अध्यक्ष सुनिल प्रजापतिले टिमले दिएका सुझावहरु दिइएको समयावधिभित्रै इमानपूर्वक पूरा गर्ने प्रतिवद्धता जनाउ“दै अनुगमन गरी शैक्षिक सुधारको लागि आवश्यक सुझाव दिनुभएकोमा टिमप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा टिमका सदस्य प्रा.डा. रेजिना मास्केले वागीश्वरी कलेजको सबैभन्दा सबल पक्ष शिक्षक, विद्यार्थी र समुदाय सबैले अपनत्व ग्रहण गर्नु हो भने छात्राहरुको सक्रिय अत्यन्त प्रशंसा योग्य पक्ष हो भन्नुभयो ।
कार्यक्रममा टिमका सदस्य नवीना चौलागाई, कलेजका प्राचार्य धनकुमार श्रेष्ठ र कलेजको स्वअध्ययन टोलीका संयोजक विनोद प्रजापतिले पनि बोल्नुभएको थियो । 

...

All Comments.......


Please Login/Register To Comments