रामकृष्ण शंखदेब

आज माघ १० गते बुधवारकाे यात्रा । अन्नपूर्ण हिमाल-2 काे फेदीमा अवस्थित कापुचे लेक (हिमताल/नदी) काे ट्रेककाे क्रममा पहिलाे दिनकाे हाम्राे गन्तव्य थियाे काठमाडौदेखि सिधै सिक्सेल पुग्ने ।
बिहान ६:३० वजे कलंकीबाट माईक्रोबसबाट हल्का स्पिडमा गुडाउदै हामीलाई दिउसाे १:५० वजे पाेखरा बजार नपुग्दै डेढ किलोमिटर वर अमरसिंह सिंह चाेकमा पुर्यायाे काठमाडौबाट पाेखरा पुग्नेबाटाे केही भाग मात्र कालाेपत्रे सडक थियाे भने नत्र पुरै नराम्राे र धुलाम्ये बाटाे थियाे । अमरसिंह चाेकमा त्यहाँ कुनै अलमल नगरि हामी सिक्सेल जाने बस वा जिप समात्न तत्कालै ट्याक्सी चढि १० मिनेटकाे दुरिमा पुग्ने काहुँखाेला पुग्याै तर सिक्लेस जाने न लाेकल गाडि थियाे न तत्कालै जाने जिप नै । केही सिट खाली गर्दै एउटा जिप केही मिनेट अघिमात्रै गुडेकाे स्थानीय समितिका मान्छेले जानकारी दियाे र जिप टाढा नगएकाे भए त्यसैमै हामी पनि जाने याेजना अनुसार समितिका मान्छेलाई उक्त जिपका चालकलाई तत्कालै फाेन गर्न लगाएर राेक्न लगायाै र हामीले पनि तत्कालै एउटा ट्याक्सी लिई पुनः साेही जिपसम्म गयाै ।
जिप करिव १५ मिनेट अगाडि पुगिसकेकाे रहेछ र हामीले साेही जिपमा चढ्याै । जिपभित्र सिक्लेस जाने स्थानीय ६ जना महिला, १ पुरूष र हामी २ जना गरि ९ जना यात्रु सवार भयाै । सिक्सलेस जाने बाटाे केही भाग राम्राे कालाेपत्रे सडक थियाे भने पछि पुरै कच्ची, खाल्डाखुल्डी, भिरकाे बाटाे, वाटाेकाे अवस्था देख्दा मन डराउने खालकाे थियाे भने बाटाेमा देखिने ससाना झरनाले गर्दा पनि मन रमाई राखेकाे थियाे त्यसमाथि याे बर्षकाे पहिलाे वर्षा पनि यही देख्याै । बर्षाका कारण यात्रामा केही अवराेध हाेला कि भन्नि मनमा आशंका पनि रह्याे ।
यात्राकाे क्रममा दिउसाे ३:३० वजे चिप्ली भन्ने स्थानमा पुग्याै जहाँ केही समय चियापान, बिश्राम र गाउँघर, बुद्ध पार्कमा फाेटाे शेसन गर्याै । केही समयकाे विश्राम पछि पुनः हाम्राे जिप गन्तब्यतिर लम्किदै जाँदै गर्दा अनन्त: करिव ३ घण्टाकाे जीपकाे यात्रा पछि अपरान्ह ४:४० वजे रमनिय स्थान सिक्लेसमा पुग्याै र केही समयकाे हिडाई र रमाईलाे गर्दै हाेटलमा बस्याै ।
सिक्लेसमा करिव ५ सय घरधुरी रहेकाे बुझिईएकाे छ । हल्का बर्षाका कारण सिक्लेसकाे नजिकैकाे डाडाँमा हिमपात भएकाे देखिन्छ । आशा गरेका छाै हामी बसेकाे हाेटरतिर पनि हिमपात .
...

All Comments.......


Please Login/Register To Comments