काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ हजार ४ सय २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ७ सय ८४, भक्तपुरमा दुई सय ४४ र ललितपुरमा तीन ७४ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार देशभर चार हजार ३ सय९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आज थपिएका सँगै संक्रमित संख्या एक लाख २६ हजार १सय ३७ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। देशभर ३७ हजार ३ सय ८२ संक्रिय संक्रमित मन्त्रालयले जनाएको छ ।
गत २४ घन्टामा ३ हजार ५ सय २२ जना कोरोना मुक्त भएका छन्।
यो सँगै संक्रमण मुक्त हुने संख्या ८८ हजार ४० पुगेको छ। संक्रमित मध्ये निको हुने दर ७०.८ प्रतिशत रहेको छ।

...

All Comments.......


Please Login/Register To Comments