मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको सहकारी ऐन २०७९ र सहकारी नियमवली २०८० बारे नगरपालिकाभित्र रहेका सहकारी संस्थाहरूबिच अभिमुखिकरण तथा छलफल कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रममा नगरपालिका क्षेत्रभित्र रहेका एक सय २८ वटा सहकारीका प्रतिनिधिहरु सहभागी थिए ।  
उद्योग सहकारी तथा रोजगारी प्रबर्द्धन शाखाबाट आयोजित कार्यक्रममा नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, नगरपालिकाभित्रका ९ वटै वडाका वडाका वडा अध्यक्षहरु, महाशाखा प्रमुख, जिल्ला सहकारी समितिका अध्यक्ष, सहकारी विज्ञज्यूहरूले आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा सहकारी सम्बन्धी ज्ञान तथा जानकारी प्राप्त गर्न अनलाइन माध्यमबाट निःशुल्क सम्पूर्ण नगरभित्रका सहकारी संस्थाहरूले पाउन सकिने भएको जनाएको छ । कार्यक्रममा नगरभित्रका विभिन्न समस्याग्रस्त सहकारीहरुबारे चर्चा गरिएको थियो । 

...

All Comments.......


Please Login/Register To Comments