हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका १६ औं वार्षिक साधारण सभा,२ वर्षमा न.१ बनाउने लक्ष्य-
- Post Date 2024-02-02 04:43:22
आजकै सभा मार्फत सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना सञ्चालकहरुको निर्वाचन गरिएको छ। तथापि यसले यसपालिकाे साधारण सभा सेयर धनीलाई लाभांशबिनै गरेको हाे । यसले सभामा आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन, नाफा- नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी एजेन्डा पारित गरेको छ । सभामा संस्थाका बाेर्ड अध्यक्ष शुलभ अग्रवालले याे मर्जर सँगै गौरवको इतिहास भएको र आगामी २ वर्षमा न १ कम्पनी बनाउने लक्ष्य लिएको बताए । त्यस्तै, कम्पनीका CEO मनाेज कुमार लाल कर्णले सभामा आफ्नो भनाई राख्दै,याे सबै सेयर धनी र बिमाकर्ताहरुकाे कम्पनी हाे,यसमा हिमाल जस्तै अटल संस्थापक सदस्यहरु छन्,यसकाे नेटवर्क भ्यालु राम्रो छ,यसकाे indicator positive दिशामा रहेको र कम्पनीकाे मुनाफा वृद्धि गर्न अनावश्यक खर्च कटौती, आवश्यक अनुसार कर्मचारी व्यवस्थापन, शाखा-उपशाखाका संयाेजक तथा व्यवस्थापनमा उचित ध्यान दिने कार्यलाई प्रभावकारी बनाउने, अनलाईन पोलिसीमा जाने तयारी रहेको बताए। सभामा सञ्चालक समितिका पदाधिकारी , संस्थापक सेयर धनी, साधारण सेयर धनी, ललित कुमार थापा सहायक कम्पनि रजिष्ट्रार,सञ्चार कर्मी लगायतका उपस्थिति रहेको थियो।
All Comments.......
Please Login/Register To Comments