भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. २ सानोठिमीस्थित अनुदान चोकमा गठ्ठाघरबाट अनुदानचोकतर्फ आँउदै गरेको प्रदेश नं. ३–०२–००७ प. १६६६ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई बाटोको साइडमा रहेको फलामको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना हुँदा मो.सा. चालक दोलखा शैलुङ गाँउपालिका वडा नं. ७ घर भई हाल बोडे, भक्तपुर बस्ने वर्ष ३३ को गणेश गिरीको मृत्यु भएको छ । गम्भिर घाइते भई उपचारको लागि नागरिक अस्पताल गठ्ठाघर भक्तपुर लगेकोमा उपचारकै क्रममा उनको मृत्यू भएको प्रहरीले जनाएको छ । हाल लाश पोष्टमाटर्मको लागि भक्तपुर अस्पताल दुधपाटी ल्याइएको जनाइएको छ । घटनास्थलमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान गरिएको जनाइएको छ । दुर्घटना भएको मोटरसाइकल प्रहरी वृत्त ठिमी भक्तपुरमा राखिएको छ । घटनाको सम्बन्धम थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ । 
...

All Comments.......


Please Login/Register To Comments