भक्तपुर । भक्तपुर प्रहरीले शुक्रबार पुरानो समाचारमा सच्याउँंदै माघ १६ गते पाँंच बजेको समयमा लागूऔषधसहित पक्राउ गरेका व्यक्ति भक्तपुर इनाचोको मुनिविहारबाट पक्राउ नगरेको भनी सच्याएको छ । भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ७ भेलुखेल मुनिबिहार नजिकबाट पक्राउ गरेको सुधार गरी सूचना पुनः पठाएको हो । यसअघि भक्तपुर नगरपालिका वडा नं. ४ लाकुलाछे बस्ने वर्ष २४ को समन भेलेलाई प्रहरी प्रभाग दरवारस्क्वायर भक्तपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बागमती प्रदेश ०२–०३४ प. २३७७ नं. को स्कुटी र निजको साथबाट विभिन्न परिमाणको लागू औषध मुनिबिहारबाट पक्राउ गरेको जनाएको थियो । 

लागू औषध सहित मानिस नियन्त्रणमा”
उपरोक्त सम्बन्धमा मिति २०८०।१०।१६ गते १७:०० बजेको समयमा भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ७ भेलुखेल मुनिबिहार नजिकबाट ऐ.ऐ. वडा नं. ४ लाकुलाछे बस्ने वर्ष २४ को समन भेलेलाई प्रहरी प्रभाग दरवारस्क्वायर भक्तपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बागमती प्रदेश ०२-०३४ प. २३७७ नं. को स्कुटी र निजको साथबाट निम्न परिमाणको लागू औषध  समेत बरामद गरी जिल्ला प्रहरी परिसर भक्तपुरमा राखी थप अनुसन्धान कार्य भईरहेको सूचित गरिन्छ ।
निम्न :-
१. नुफ्रिन - ५ थान, 
२. डाईजेपाम - ४ थान, 
३. फेनारगन - ३ थान,

...

All Comments.......


Please Login/Register To Comments