भक्तपुर । नेमकिपा २ वडा व्यासी ईकाई समितिको आयोजनामा  पार्टी कार्यकर्ता र समर्थकहरुको भेला गरी नेमकिपाको ५०औ  पार्टी स्थापना दिवस मनाइयोे । कार्यक्रममा नेमकिपाका केन्द्रिय सचिव का.प्रेम सुवालले  पार्टीको स्थापनाको आधार बारे चर्चा गदै नेकपाले किसान आन्दोलन गर्नै या नगर्ने, मुख्य शत्रु राजा या भारतीय एकाधिकार पूँजि, रुसि समाजबाद सामाजिक साम्राज्यबादमा पतन , पुर्वी पाकिस्तान स्वतन्त्रया या भारतीय हस्तक्षेप र नेकपामा देखा परेका खोटा विचारका कारण २०३१ साल माघ १० गते नेमकिपाको स्थापना का.. रोहितको नेतृत्वमा भएको बताउनु भयो । उहाँले पुजीबादको विकल्प समाजबाद भएकोले कामदार वर्गको नेतृत्वमा सरकार बनाउन समाजबादी प्रचारलाई बिशेष जोड दिन अनुरोध गर्नुभयो । 
प्राध्यापक विश्वमोहन जोशीले नेमकिपा नेपालको एक मात्र निश्कलंक पार्टी हो । यस पाटीले शिक्ष्ााँ स्वास्थ्यलाई बिशेष जोड दिई जनतालाई बुद्धिजीविकरण गर्ने सोच बनाउनु सराहनीय कार्य हो  भन्नुभयो । 
     नेपाल क्रान्तिकारी महिला संघ भक्तपुर नगर समितिका अध्यक्ष अनिता जधारीले पार्टीको इतिहास बारे चर्चा गर्दै नेमकिपा नेपालमा कामदार बर्गको राज्यसत्ता स्थापना गर्न क्रियाशिल  छ भन्नुभयो । भक्तपुर नपा वडा नं २ का वडा अध्यक्ष हरि प्रसाद बासुकलाले नेमकिपाले समाजबादको प्रचार गरी काम गरी खाने बर्गलाई सचेत र संगठित गरिरहेका छ भन्नुभयो ।
 कार्यक्रमका सभापति नेमकिपा २ ब्यासि इकाई समिति अध्यक्ष गणेशप्रसाद सुवालले  नेमकिपाको स्थापना दिवस मनाउनुको अर्थ पार्टीले लिएका बिचारको प्रचार प्रसार गर्नु र ५० बर्ष भित्र देश रजनताको लागि गरेका कार्यहरु थाहा पाउनु हो भन्नुभयो ।
कार्यक्रममा नेमकिपा २ व्यासी इकाई समितिका सहसचिव राजकुमार लघुले नेमकिपाले देशका  सार्वभौमिकता जोगाउन, सिमा अतिक्रमण तथा असमान सन्धि सम्झौताको विरोधमा निरन्तर सघर्ष चालु राखेको छ भन्नुभयो ।

...

All Comments.......


Please Login/Register To Comments