माधव घिमिरे ’अटल’
प्रकाशन, समाजका लब्धप्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान र वितरणको कामलाई चुस्तरूपमा अघि बढाइरहेको सूचक प्रकाशनले चेतनाको चिराग बाल्ने अर्को अभियानको पनि शुभारम्भ गर्ने भएको छ । 
सो सिलसिलामा यही माघ २७ गते, शनिवार काठमाडौँको  धर्मस्थलीमा केदारनाथ–लीलादेवी पुस्तकालय समुद्घाटन समारोह आयोजना गर्न लागेको सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवालले जानकारी दिए ।
भेटुवालका अनुसार सोही कार्यक्रममा वरिष्ठ समाजसेवी तथा शैक्षिक अभियन्ता तीर्थप्रसाद ढकाललाई केदारनाथ शिक्षा पुरस्कार अर्पण गरिनेछ भने ’फोक्सोमा देश’की सर्जक स्थानीय कवि दिलकुमारी डङ्गोललाई लीलादेवी साहित्य पुरस्कार प्रदान गरिने छ । 
त्यसरी नै आफ्नो संयोजकत्वमा गठित समितिले उहाँहरूलाई छनोट गरेको डा. घनश्याम पुडासैनीले अवगत गराए ।
...

All Comments.......


Please Login/Register To Comments