काठमाडौ । मञ्जुश्री तत्त्व ज्योतिष पात्रो (मञ्जुश्री संवत २८६०) को भित्तेपात्रो विमोचन गरिएको छ । बुधवार काठमाडौ बौद्ध परिसरभित्र एक कार्यक्रमका विच मञ्जुश्री संवत २८६० को भित्ते पात्रो विमोचन गरिएको हो ।

भित्ते पात्रो सार्वजनिक गरे संगै उक्त पात्रोमा तामाङ समुदायको चाडपर्व, महत्वपूर्ण दिवसहरु, कुनै पनि शुभकार्य गर्नका लागि शुभ साईत, पुजापाठको लागि उचित दिन, विशेष गरि ल्हो खम सहितको अन्य महत्वपूर्ण पक्षहरु समेत समेटिएको हुंदा दैनिकी जीवनका लागि बहुउपयोगी हुने ठहर गरेका छन् ।

नेपाल तामाङ घेदुङको प्रकाशन र अन्तर्राष्ट्रिय तामाङ परिषद्को समन्वयमा प्रकाशित भित्तेपात्रो बौद्ध शिक्षण तथा ध्यान केन्द्रले सम्पादन गरेका हुन । बुधबार उक्त भित्तेपात्रो सार्वजनिक कार्यक्रम अन्तर्राष्ट्रिय तामाङ परिषदका महासचिव टासी लामाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा अन्तर्राष्ट्रिय तामाङ परिषदका संस्थापक परशुराम तामाङ, भाषा आयोग सदस्य अमृत योञ्जन तामाङ, खेन्पो सोनाम ग्युर्मे, डा. कुन्साङ योञ्जन, नेपाल तामाङ घेदुङका पूर्वअध्यक्ष धनप्रसाद तामाङ, परिषदका स्थायी समिति सदस्य एवम् नेपाल तामाङ घेदुङका महासचिव जगत दोङ, तामाङ पत्रकार संघका संघीय अध्यक्ष सुवास योन्जन, महासचिव तिर्थमान बल लगायत अन्य थुप्रै संचारकर्मीहरुको उपस्थिति रहेका थिए ।
कार्यक्रममा खेन्पो सोनाम ग्युर्मेले भित्तेपात्रोको विशेषता संगै संचारकर्मीहरुबाट उठेका प्रश्न र जिज्ञासाहरुमाथि प्रस्ट पारेका थिए । त्यसै गरि परशुराम तामाङले उठेका अन्य प्रश्न र जिज्ञासाहरुमाथि थप प्रस्ट पार्दै तिब्बत्तियन होस या अन्य जुनसुकै पात्रोहरुमा त्रुटीहरु भेटिन्छन । यो पात्रोमा पनि केही छुटिएका बिषयवस्तुहरुलाई समेत थप गर्दै आगामि दिनहरुमा केही सम्पादन गर्दै लगेमा यो भित्तेपात्रोको प्रभाव अझै बढ्ने कुरा बताए ।
परिषद्का महासचिव टासी लामाले यो भित्तेपात्रोलाई अझ परिमार्जन गरि व्यवाहारिक र जीवनउपयोगी बनाउने कुरा बताएका थिए । अन्तराष्ट्रिय तामाङ परिषदले ९ वटा विज्ञहरुको समिति बनाउने निर्णय गरेको र विज्ञहरुकै भेलामार्फत विज्ञहरुको समिति बनाउने कुरा बताउदै विभिन्न देशहरुमा ति विज्ञ समितिहरुको भेला गर्ने तयारी समेत रहेको बताए ।
...

All Comments.......


Please Login/Register To Comments