भक्तपुर । नेपाल कर्मचारी समाज, ९ नं. वडा एकाई समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीको ५० औं स्थापना दिवसको अवसरमा कर्मचारी भेला सम्पन्न भयो । भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं प्रतिनिधि सभाका सदस्य प्रेम सुवालले नेमकिपाको स्थापनाका आधारहरुबारे चर्चा गर्नुहु“दै संशोधनवाद र अवसरवादबाट बचाउन पार्टी स्थापना भएको बताउनुभयो । उहा“ले माक्र्सको सिद्धान्त हेरफेर गर्ने संशोधनवाद हो भन्नु हु“दै माक्र्सवाद पू“जीवादको उत्थान विकास र पतनको सिद्धान्त हो । मजदुर आन्दोलन बढेपछि पू“जीवादको अन्त्य अश्यमभावी भएको माक्र्सले बताउनुभएको चर्चा गर्दै मजदुर संघर्ष गर्नु पर्दैन र वर्ग संघर्ष नगर्ने संशोधनवाद र ठूलो स्वार्थलाई त्यागी सानो स्वार्थमा लाग्नु अवसरवाद भएको बताउनुभयो । जनतालाई संगठित नगर्ने अराजकतावाद हो भन्नु हु“दै त्यसबाट बचाउन २०३१ सालमा नेमकिपाको स्थापना भएको हो । उहा“ले किसान आन्दोलन, भर्पाइ आन्दोलन, सुस्ता अतिक्रमण विरुद्ध जुलुश अगाडि बढेपछि का.रोहितलाई दरभंगा बोलाएर आन्दोलन नगराउन पार्टी भित्र पसेका संशोधनवादीहरुले गर्दा नेतृत्व विहीन हु“दा जनताहरु ीवकृति र विसंगति बढेको बताउनुभयो । उहा“ले पुष्पलाल र विपि कोइरँलाले चीनबाट हतियार लिन पठाई क्रान्ति सफल नहुने का. रोहितले भनेको पथयो भ्ननुभयो । उहा“ले पाकिस्तानलाई विभाजन गरी बांगलादेश बनाएको विरोध गर्नुपर्ने, बैंक लुटेर चीनस“ग हतियार किनेर क्रान्ति गर्ने कुराको विरोध गर्दा दरभंगामा का. राृहितलाई गोली हानेको बताउनुभयो । उहा“ले कम्युनिष्टहरु पटक पटक सरकारमा गएर जनताको आमूल परिवर्तन नभएको बताउ“दै ती वर्नस्टिन हो भन्नुभयो । उहा“ले बहुदलको आन्दोलन पछि अक्टोबर क्रान्तिको लागि वाममोर्चालाई का. रोहितले बैठकमा बताउनु भएको कुरा लत्याई पू“जीवादी सरकारमा गएकाहरु कम्युनिष्ट नभएको बताउनुभयो । उहा“ले सिद्धान्त छोड्नु भनेको हिमालमा चिप्लेती खेल्नु सरह हो भन्नुभयो । उहा“ले कर्मचारीहरु नगरिक भावना भएको, भ्रष्टाचार नगर्ने, धुम्रपान मध्यपान नगर्ने हुनुपर्ने बताउ“दै उदारवादको विरोध गर्नुपर्ने बताउनुभयो ।
उक्त भेलामा नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतम प्रसाद लासिवाले कर्मचारी समाजको राष्ट्रिय सम्मेलन यही फागुन २६ गते गर्ने बताउनुहु“दै सम्मेलन भव्य रुपमा सफल पार्न सबैबाट सहयोग गर्न आव्हान गर्नुभयो । 
कार्यक्रमका सभापति रामकृष्ण प्रजापतिले नेमकिपा स्थापनाका सैद्धान्तिक आधारहरुको बारेमा चर्चा गर्दै नेपालको कम्युनिष्ट आन्दोलनमा नेमकिपा एक प्रकाशस्तम्भ भएको बताउनुभयो ।
कार्यक्रममा कर्मचारी सन्जय मानन्धरले नेपालको कम्युनिष्ट आन्दोलनमा देखापरेका खोटा विचारहरुको खण्डन पुस्तकको बारे चर्चा गर्नुभयो भने विकास प्रजापतिले पनि बोल्नुभएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments